काठमाडौं,
चैत १४ ।
नेपाल वाहिर भारतको वनारसमा चार हप्ते टाटू प्रशिक्षण सक्काएर फर्किदै छन् सुमिना श्रेष्ठ । हेटौंडा १८, हर्नामाडीकी स्थानिय सुमिना श्रेष्ठ चार हप्ते टाटू प्रशिक्षणमा सहभागी भई आज नेपाल फर्कन लागेकी हुन् । उनि वनारसमा प्रशिक्षणका लागि एक महिना पहिला त्यता गएकी थिइन ।
पहिले चित्रकलामामात्र रुचि राख्ने सुमिना श्रेष्ठ यतिबेला टाटूलाई पनि साथै अगाडी बढाईरहेकी छिन् भने पछिल्लो समय टाटू आर्टिष्टको रुपमा आफ्नो पहिचान बनाउँदै छिन् ।
पेन्टिङ भन्दा टाटू धेरै गाह्रो काम हो । यो क्षेत्रमा थोरै केटी मानिसले काम गरेको पाईन्छ । घर्यासी समस्या र वैबाहिक सम्बन्धका कारण आफ्नो ब्यवसाय छाड्ने गरेको छ ।
आफुले यो ब्यवसाय नछाड्ने र भविष्यमा आफु जस्तै थुप्रैलाई यस ब्यवसाय प्रति आकर्षित गराउने र यसै ब्यवसायमा आत्मनिर्भर बनुन भन्ने सोच राख्ने टाटू आर्टिष्ट सुमिना श्रेष्ठले फाईन आर्टमा प्लस टु गरेकी छन् ।
सुमिनालाई मनपर्ने अर्कोपक्ष भनेको घुमघाम पनि हो । कोरियन, जापानीज, स्पेनिस आदी मुलुकबाट आउने विदेशी पाहुनाहरुको साथमा नेपालको थुप्रै दूर्गम जिल्लाको भ्रमण गरिसकेकी छन् उनले ।
थुप्रै प्रतियोगिताहरुमा सहभागि भई दर्जन भन्दा बढि सम्मान र पुरस्कार हात पारिसकेकी सुमिना भन्छिन्– ‘ब्यवसाय जुनसुकै होस् सफलता पाउँन मिहेनत र धैर्यताको आवश्यक पर्दछ ।’






