चैत २३ देखि चौथो भक्तपुर औद्योगीक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला हुँदै

काठमाडौं,
चैत ७ ।

चैत २३ देखि बैशाख ३सम्म चौथो भक्तपुर औद्योगीक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला हुँने भएको छ । ‘नयाँ बर्ष नयाँ सोच, युवाहरुको लागि छ प्रगतिको स्रोत’ भन्ने मूल नाराका साथ नेपाली नया बर्षको पूर्व सन्ध्यामा भक्तपुरमा चौथो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला हुन लागेको हो ।

मेला भक्तपुरको सल्लाघारी स्थित तीनकुने चौरमा हुन लागेको हो । लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको संस्था औधोगिक शान्ति नेपाल सस्था र मध्यपुर ब्वाइज ब्याण्ड नेपाल सस्थाको संयुक्त आयोजनामा भक्तपुरमा चौथो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५ आयोजना हुन लागेको हो ।

यस बारेमा आयोजक कमिटिले एक पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो । भक्तपुर आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले भक्तपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृद्धि गरि आर्थिक रुपले पनि मजबुत बनाउने र भक्तपुरलाइ राष्ट्रिय तथा अन्तर्रास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी यस मेलाका संयोजक दीपक थापाले गराए । बिगतका बर्षमा भएका कमी कमजोरीलाइ यो पटक सुधार गर्दै चौथो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेलालाइ एतिहासिक बनाउने उनले बताए ।

उक्त मेलामा २ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटोमोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र नृत्य प्रतियोगिता, सास्कृतिक प्रदर्शनी, चिडियाघर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खान महोत्सब, ब्यापार तथा पर्यटकीय प्रदर्शनी र चर्चित गायक तथा गायिका द्वारा लोकदोहोरि गीत समेत प्रस्तुत हुनेछ । मेलामा बिक्री वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिशतसम्म छुटको ब्यबस्था छ भने मेलामा प्रवेश शुल्क रु ४० र ३० मात्र रहेको जानकारी पनि ब्यबस्थापन कमिटीले गराएको छ ।

चौथो औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५ मा करिब ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा मध्यपुर ब्वाइज ब्याण्डका प्रमुख सुनिल बज्राचार्य, औधोगिक शान्ति नेपाल सस्थाका उपाध्क्षय राजकुमार खड्का, महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल तथा स्टल संयोजक बिनोद जैसवालको समेत उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार