काठमाडौं,
चैत ३ ।
बारा जिल्लाको औद्योगिक नगरी सिमरामा यही चैत ९ गते देखि १९ गतेसम्म प्रथम सिमरा औधोगिक ब्यापार मेला तथा खेलकुद महोत्सब २०७४ हुने भएको छ । लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औद्योगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्था र नब दुर्गा युवा क्लब सिमरा बाराको संयुक्त आयोजनामा प्रथम सिमरा औद्योगिक ब्यापार मेला तथा खेलकुद महोत्सब २०७४ चैत्र ९ गते बाट चैत्र १९ गते सम्म आयोजना हुन लागेको हो ।
सिमरा क्षेत्र आफैँमा एक व्यापारिक पर्यटन तथा धार्मिक सस्कृतिको बिबिधताले भरिएको प्रमुख औधोगिक शहर भएकोले यस क्षेत्रको समग्र हितलाई मध्यनजर राखेर प्रथम सिमरा औधोगिक ब्यापार तथा महोत्सब २०७४ गर्न लागिएको कुरा महोत्सबका संयोजक हरि चौधरी बताउछन । यस महोत्सवले सम्पुर्ण बारा, बिरगंज देखि हेटौडासम्मका स्थानियबासिहरुलाई सर्ब सुलभ तरिकाले सम्पुर्ण सामानहरु एउटै थलोमा उपलब्ध गराउने उद्देश्यले सुरु गरिन लागेको मेलाले समग्र सिमराबासीलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा पुर्याउने भएको छ ।
सिमरा आफैमा एक व्यापारिक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले सिमराको आन्तरिक तथा बाह्य पर्यटनमा बृदी गरि आर्थिक रुपले पनि मजबुत बनाउने र सिमरा क्षेत्रलाइ राष्ट्रिय तथा अन्तर्रास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी महोत्सबका ब्यबस्थापक सैलेशराज आचार्यले गराए ।
उक्त मेलामा २ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था छ भने मेलामा प्रवेश शुल्क रु ३० मात्र रहेको जानकारी पनि ब्यबस्थापन कमिटीले गराएको छ ।
प्रथम सिमरा औधोगिक ब्यापार मेला तथा खेलकुद महोत्सब २०७४ मा करिब २ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्सन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरञ्जन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, चिडियाघर, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराए साथै उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उनले आव्हान गरेका छन् ।
औधोगिक शान्ति नेपाल सस्थामा अध्यक्ष्यमा सन्दिप महत, उपाधक्ष्यमा राज कुमार खड्का, महासचिबमा शंकर गुरुङ , कोषाधक्ष्यमा प्रितम मल्ल तथा सचिबालय ब्यबस्थापकमा बिनोद जैसवाल रहेको छन् ।
यस मेलाको सह आयोजकमा भेट्रान समुह सिमरा तथा ईभेण्ट पार्टनरमा हाम्रो समन क्याम्प हेटौडा रहेको छ ।






