फिल्मीखबरको वार्षिकोत्सवमा धुर्मुस सुन्तली वर्ष व्यक्ति

काठमाडौं,
चैत १ ।

राजधानीको रातोपुल स्थित रकहाउस क्याफेमा फिल्मीखवर साप्ताहिकले आफ्नो प्रकाशनको ८ वर्ष पुरा गरी ९ वर्ष प्रारम्भ गरेको अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । वार्षिकोत्सवका अवसरमा फिल्मीखवरले विगतका वर्षहरुमा जस्तै यस पटक पनि वर्ष व्यक्ति पुरुष एवम् महिला घोषणा गर्दै सम्मान समेत गरेको छ । यसवर्ष सिताराम कट्टेल धुर्मुस-(पुरुष), कुञ्जना घिमिरे सुन्तली-(महिला) घोषणा गरेको छ ।

प्रविशा प्रकाशन प्रा.लि. द्वारा प्रकाशित फिल्मीखवर साप्ताहिक प्रकाशनको ९ वर्ष टेकीरहँदा विगत ६ वर्ष देखी चलचित्र, गीत, सङ्गीत, रङ्गमञ्च एवम् मनोरञ्जन जगतका विभीन्न आधारहरुलाई मानेर वर्ष व्यक्ति छनौट गर्दै आएको छ । विभिन्न सक्रियता, चर्चा, सम्मान, योगदान विविध आधारहरु मानेर फिल्मीखवरले वर्ष व्यक्ति छनौट गर्ने गरेको हो । यहि आधारलाई मुख्य छनौट मान्दै फिल्मीखवर वर्ष व्यक्ति ०७४ नेपाली कलाकारीताको, हाँस्य व्यंङ्ग्य क्षेत्रका चर्चित एवम् सफल व्यक्तित्वहरु तथा पछिल्लो समयका सामाजिक अभियान्ता सिताराम कट्टेल (पुरुष) तर्फ र कुञ्जना घिमिरे (महिला) तर्फ घोषित गरिएको जनाएको छ ।

फिल्मीखवर साप्ताहिकले ८ वर्ष पुरा गरी ९ वर्ष प्रवेश गरेको अवसरमा आयोजित समारोहमा कार्यक्रमका प्रमुख अतिथी सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप कुलपति शम्भुजित बाँस्कोटा एवम् फिल्मीखवर साप्ताहिक सम्पादक तथा कार्यक्रम सभापती शान्तिप्रिय सहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले सिताराम कट्टेल तथा कुञ्जना घिमिरेलाई टीका, माला सहित प्रमाणपत्र प्रदान गर्दै सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल चलचित्र संघका उपाध्यक्ष मधुसुदन प्रधान, नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष केशव भट्टराई, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, नेपालकै पहिलो चलचित्र आमाकी अभिनेत्री चैत्य देवी, लेखक÷निर्देशक मोहन निरौलालगायतले फिल्मीखबर साप्ताहिकले ८ वर्ष पुरा गरी नौ वर्ष टेकेकोमा शुभकामना दिए । साथै फिल्मी खवर साप्ताहिकले वर्ष व्यक्तिको रुपमा छनौट गरिएकोमा आभार व्यक्त गर्दै अत्यन्तै सहि निर्णय गरिएको बताए ।

कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व कुञ्जना घिमिरेले मान्छेले आफ्नो सन्ताको प्रगती चाहन्छ, आज यो घर वातावरणमा यो किसीमको सम्मान पाउदाखेरी अत्यन्तै खुशी लागेको बताउँदै आफू कलाकारीता क्षेत्रको सन्तान भएको बताइन् । त्यस्तै सम्मानीत व्यक्तित्व सिताराम कट्टेलले धुर्मुस सुन्तली फाउण्डेशन केवल सिताराम र कुञ्जनाको मात्रै नभएर हामी सबैको साझा संस्था हो भने । उनले हामीसबै कलाकार जनमानसमा आपद विपद पर्दा संयमीत भएर लाग्ने गरेका छौ र अहिले पनि लागिरहेको बताए । उनले कार्यक्रममा बोल्दै फिल्मीखबरले यस किसीमको सम्मान दिदै वर्ष व्यक्ति तोकीएकोमा आभार व्यक्त गरे । उनले यो सम्मान आफ्नै क्षेत्र घरभीत्रबाट भएको र घरै बाट सम्मान भएपछि मात्रै मान्छेले बास्तविक सम्मान पाउने बताउदै आफूले देशलाई चिनाउन नमुना नेपालको अवधारणा अघि सारेको र सबैबाट सहयोग प्राप्त हुने आशा व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथी शम्भुजित बाँस्कोटाले आफ्नै जन्मदिन र फिल्मीखबरको बार्षिकोत्सवको संयोग आफ्ना लागि गौरव गर्न लायक भएको वताए । फिल्मीखबरको नौ वर्ष यात्रा सुखद रहदै निरन्तरताको कामना गरे । साथै उनले वर्ष व्यक्तिका रुपमा धुर्मुस र सुन्तली चयन गरिएकोमा सहि निर्णय भएको बताए ।

कार्यक्रममा फिल्मीखबर साप्ताहिकका सम्पादक तथा कार्यक्रमका सभापति शान्तिप्रियले सबै प्रति आभार व्यक्त गरे । फिल्मीखबर निष्पक्ष, निडर र निरन्तर रहेको बताए । उनले विगतका दिन जस्तै आगामी दिन पनि चुनौतीपूर्ण रहेपनि आफू निरन्तर लागी पर्ने बताए ।

कार्यक्रमको स्वागत मन्तव्य पत्रिकाकी सह सम्पादक गीता अधिकारीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन पत्रकार/गीतकार लोकराज अधिकारीले गरेका थिए ।

फिल्मीखबरले अहिले सम्म ०६८ मा आर्यन सिग्देल र रेखा थापा, ०६९ मा जीवन लुइटेल र निशा अधिकारी, ०७१मा सौगात विष्ट र प्रियंका कार्की, ०७२ मा नारायण रायमाझी र दीपाश्री निरौला, ०७३ मा कालि प्रसाद बाँस्कोटा र वर्षा राउत तथा ०७४मा सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई वर्ष व्यक्ति घोषणा गरेको थियो भने ०७० भने फिल्मीखबरले कार्यक्रम गरेन ।

यसमा तपाइको मत

अन्य समाचार