तामाङ सञ्चार समूह काठमाडौंको नयाँ कार्यसमिति चयन

काठमाडौं,
चैत १ ।

तामाङ सञ्चार समूह काठमाडौं जिल्ला शाखामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । बुधबार काठमाडौंमा सम्पन्न दोस्रो अधिवेशनबाट सो कार्यसमिति चयन भएको हो ।

यस अघि अध्यक्ष रहेका युनिकरक्षे ग्लानले दोस्रो कार्यकाल पनि अध्यक्ष नै सम्हालेका छन् । त्यसै गरी उपाध्यक्ष रामकुमारी जेसुम, सचिव मिक्साङ वाइबा र कोषाध्यक्ष अर्जुन पाख्रिन तामाङ निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरूमा सरोज तामाङ, दिल तामाङ, सन्तोष योञ्जन तामाङ, राम तामाङ, मानकाजी तामाङ, हिरोज लोप्चन, सोम्फे पाख्रिन र सानु तामाङ रहेका छन् । एक जना सदस्य भने मनोनितबाट हुनेछन् ।

अधिवेशनले केन्द्रीय प्रतिनिधि निर्वाचितका लागि अध्यक्ष युनिक, निर्वतमान उपाध्यक्ष रोजिना दोङ र साङमो योन्जन चुनिएका छन् ।

कार्यक्रममा सञ्चार समूहका केन्द्रिय अध्यक्ष जगत दोङको प्रमुख आतिथ्य, समूहका सल्लाहकार अर्जुन तामाङ, लेखक, अनुसन्धानकर्ता खोजराज गोलेलगायतका उपस्थिति रहेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार