भोजपुर,
फागुन १५ ।
कवि तथा शिक्षिका प्रतिमा पोखरेलले शैक्षिक सामग्री सहयोग गरेकी छन् । युवा कवि तथा पञ्चकन्या निमावि अरुण–५, भोजपुरकी शिक्षिका प्रतिमा पोखरेलले अरुण-६ स्थित महेन्द्रोदय माविको ६१औं वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा उक्त विद्यालयमा अध्ययनरत अभिभावकविहीन सात जना बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री सहयोग गरेकी हुन् । उनले आफू कार्यरत विद्यालयका अभिभावकविहीन बालबालिकालाई पनि यस्तो सहयोग गर्दै आएकी छिन् ।
चुडामणि दाहालको सभापतित्व एवम् अरुण गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहयोग प्रदान गर्दै प्रतिमाले आफूसँग धन भएर होइन मन भएर सानो भए पनि सहयोग गरेको बताइन् । कार्यक्रममा स्रोत व्यक्ति तीर्थ खनाल लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।






