काठमाडौं,
फागुन १३ ।
काठमाडौँ दरबारमार्गको मोतिमहलमा सम्पन्न भएको पहिलो अडिसन बाट १३ जना प्रतिस्प्रधीहरु छनौट भएको फेस अफ मारवाडीको दोस्रो र तेस्रो अडिसन विरगंज र विराटनगरमा हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको ‘फेस अफ मारवाडी’को दोस्रो र तेस्रो अडिसन मोफसलमा हुन लागेको हो ।
पेजथ्री हट कल्चरकी प्रमुख रेखा मोदी मित्रकाले यसै गरि यहि आउदो फेब्रुवरी २६ मा समेत दरबारमार्गमा अबस्थित मोतिमहल एंड लंग्समा मिसेस मारवाडीको लागि समेत अडिसन हुने बताइन् । ‘मार्चको पहिलो हप्तामा फेस अफ मारवाडीको तेस्रो अडिसन बिरगंजमा तथा बिरगंज पछि बिराटनगरमा हुने भएको छ’, उनले भनिन् ।
यस प्रतियोगितामा छनौट भएका प्रतिस्प्रधीहरुले भबिष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उद्देश्यले यस प्रतियोगिता गर्न लागिएको तथा पेजथ्री हट कल्चरले मारवाडी समुदायका युवा युवतीको व्यक्तित्व विकास गरि मारवाडी कला संस्कृतिलाई जगेर्ना गर्दै विकास र बिस्तार गर्ने उद्देश्यका साथ मरवाडी समुदाय लक्षित सौन्दर्य प्रतियोगिता ‘फेस अफ मारवाडी’ आयोजना गर्ने भएको हो । यस सौन्दर्य प्रतियोगिताको कोरियोग्राफरमा पूर्व मिस नेपालसमेत रहेकी माल्भिका सुब्बा र उषा खड्कीले गर्ने भएका छन् ।
यस सौन्दर्य पर्तियोगीतामा १६ देखि २८ वर्ष उमेर समूहका मारवाडी युवा युवतीले प्रतियोगिताका लागि आवेदन दिन सक्नेछन् । पेजथ्री हट कल्चरको कार्यलय नक्साल तथा सिटी सेन्टरबाट आवेदन फर्म उपलब्ध हुने आयोजकले जनाएको छ ।
प्रारम्भिक चरणमा छानिएका प्रतियोगीलाई मात्र सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिललगायतको प्रशिक्षण सहित अन्तिम प्रतिस्पर्धामा उतारिने पेजथ्री हट कल्चरकी प्रमुख रेखा मोदी मित्रुकाले जानकारी दिइन् । प्रतियोगिताको अन्तिम प्रतिस्प्रर्धा आगामी ८ अप्रिलमा राजधानीको सोल्टी क्राउन प्लाजामा आयोजना हुनेछ ।






