‘कला र गलाको सम्मान हाम्रो अभियान’ भन्दै शंखादेबीको बार्षिकोत्सब सम्पन्न

ललतिपुर
फागुन १३ ।

श्री शंखादेबी अनलाइन रोधिघर ज्याम्रुङद्वारा आयोजना गरिएको परिचयात्मक तथा भेटघाट कार्यक्रम हालैे गोदावरिमा सम्पन्न भएको छ । ‘कला र गलाको सम्मान हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु भएको उक्त कार्यक्रममा रोधिघरले आफ्नो प्रथम बार्षिकोत्सब पनि सम्पन्न गरेको छ ।

धादिङ जिल्लाको निलकण्ठ नगरपालिका वडा नम्बर ११ स्थित ज्याम्रुङमा अबस्थित श्री शंखादेबी मन्दिरलाइ नेपालभरी चिनाउने उक्त स्थानलाइ पर्यटकिय स्थलको रुपमा बिकास गर्ने उद्देश्यले स्थापित श्री शंखादेबी अनलाइन रोधिघरको कार्यक्रममा छुट्टै प्रकारको बिशेषता र मौलिकता पाइएको थियो । संस्थाका अध्यक्ष राजकुमार धमलाको सभापतित्वमा आयोजित कार्यक्रममा श्री शंखादेबिको फोटोमा पुजाअर्चना र पानसमा बत्ती बालेर नौमती बाजाको मंगल धुन बजाएर शुरु गरिएको थियो ।

उक्त कार्यक्रममा समितिका वरिष्ठ सल्लाहकार तथा कार्यक्रम सञ्चालक बलराम धमलाले श्री शंखादेबी माइको उत्पत्ति र हालसम्मको यथार्थताको बारेमा प्रष्ट पार्नुभएको थियो ।

उक्त अबसरमा मौलिक लोक कला र संस्कृतिको जगेर्ना गर्ने श्री शंखादेबी पन्चेबाजा समूह, लामो समयदेखी लोक पप, अधुनिक गायन क्षेत्रमा सक्रिय सुलिन गौरबलाइ अतिथी गायकको रुपमा सम्मान गरिएको थियो । पाटन, मङ्गलबजारका स्थानीय गायक सुनिल गौरब डेढदशक देखि गायन क्षेत्रमा सकृय छन् ।

नबराज धमलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नब लोक गायक भक्त शाक्य, वसन्त घिमिरे ले आ–आफ्नो प्रस्तुती दिनुभएको थियो । सम्मानित सम्पुर्णलाई प्रमुख अतिथी नबराज धमलाले खादा ओढाएर प्रमाणपत्र बितरण गर्नुभएको थियो । रोधिघरका समुहको लोकदोहोरी प्रस्तुती विशेष रोचक थियो ।

यसमा तपाइको मत

अन्य समाचार