काठमाडौं,
माघ १६ ।
गत पौष २७ गते नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाहको जन्मोत्सवको अवसर पारेर नेपाल मुक्ति मञ्चका अध्यक्ष श्यामकुमार मिश्रको संयोजकत्वमा आफ्नो गृह नगर कपिलवस्तुको कृष्णनगरमा बृहतर कार्यक्रमको आयोजना गरि २९६औं पृथ्वी जयन्ती मनाएका थियो ।
हिन्दू राष्ट्र र राजसंस्था प्रति आस्थावान अध्यक्ष मिश्रले पछिल्लो पटक निर्मल निवास पुगेर आफ्ना धारणा पनि राखेका छन् ।
देशको पछिल्लो अवस्था विग्रदै गएकोले देश र जनताको हितका लागि राजसंस्थानै उपयुक्त कडी सवित हुने अध्यक्ष मिश्रको कथन छ ।
पूर्व राजा ज्ञानेन्द्रका सचिव सागर तिमिल्सिनासँग देशको पछिल्लो अवस्थाका बारेमा कुरा भएको बताउँने मिश्रले अब देशको अवस्थाप्रति युवाहरु गम्भिर हुनुपर्ने बेला आएको दावी गरे । ‘अब हिन्दू राष्ट्र र राज संस्था देशको आवश्यकता भएको छ’, श्यामले भने ।
नेपाल मुक्ति मञ्चका अध्यक्ष श्यामकुमार नेपाली चलचित्रका नायक हुन् भने भोजपुरी गीतका गायक पनि हुन् ।






