पृथ्वीनारायण शाह र नेपाली राष्ट्रियताको प्रश्न

प्रसङ्ग
फेरि एउटा सदावहार आवाजले शहर गुञ्जिन थालेको छ । त्यो हो– २९५ औँ पृथ्वीजयन्ती भव्यरुपले मनाऔँ । आश्चर्य के भएको छ भने यो आवाज अब देश–देशान्तरसम्मबाट पनि गुञ्जिन थालेको छ । त्यसको पछिल्लो दृष्टान्त बनेको छ– एनआरएन, युएसएले पनि यो दिवस मनाउने निर्णय । यससँगै देश–देशान्तरका नेपालीहरुको आवाज के बनेको छ भने पृथ्वीजयन्ती नागरिकस्तरबाट मात्र होइन, राज्य तहबाट पनि मनाइनु आवश्यक छ । यसका लागि सरकारले धूमधामका साथ पृथ्वीजयन्तीसँगै पृथ्वी दिवसका अवसरमा राष्ट्रिय बिदा पनि दिइनु उपयुक्त हुन्छ । तर, सवारीमन्त्री अर्जुनरसिंह केसीद्वारा मन्त्रिपरिषद् बैठकमा प्रस्तावित यस संविधान प्रस्तावलाई यो विषय सही भए पनि यो प्रश्न राजनीतिक अर्थको भएको स्वीकार गर्न नमिल्ने भन्ने प्रधानमन्त्री प्रचण्डले यसलाई अस्वीकार गरिदिए ।

सन्दर्भ
तथापि उक्त अभिप्रायका साथ राजधानीका केही अगुवा बौद्धिकहरु विगत डेढ दशकदेखि नै यस दिवसको औचित्य एवम् पृथ्वीनाराण्यण शाहको व्यक्तित्व र कृतित्वमाथि विहंगम विचार–विमर्श गर्दै आइरहेका छौँ । यस कार्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री गंगाप्रसाद उप्रेती र स्वनामधन्य साहित्यकार एवम् वामपन्थी नेता मोदनाथ प्रश्रितसम्मका जिम्मेवार र लब्धप्रतिष्ठित राष्ट्रिय व्यक्तित्वबाहेक पर्यटन व्यवसायी एवम् उद्यमी भरत बस्नेतसमेतका कर्मठ व्यक्ति र व्यक्तित्वहरु पनि यसमा आफ्नो सम्पूर्ण प्रतिबद्धताका साथै तन, मन र धनले नै समर्पित रहँदै आएको फलस्वरुप नै आज यस प्रश्नले देश–देशान्तरको हैसियत प्राप्त गरेको स्पष्ट नै छ । कुन पक्ष अलग हो भने सरकारमा रहँदै आएको एउटा सानो मण्डली र यस राष्ट्रको निर्माण प्रक्रिया र त्यसको वास्तवकिता नबुझेको तत्वले यसको गरिमा र महत्वलाई कहिल्यै पनि आत्मसात गर्न सकेन, बरु दुत्कार्दै गयो, रह्यो । प्रश्न उठ्छ, आखिर के हो त पृथ्वीनारायण शाहको व्यक्तित्व र कर्तव्य ?

पृथ्वीनारायण शाहको युग र त्यसको माग
यो ई। अठारौँ शताब्दीको प्रसङ्ग हो । तिनताका सिङ्गो भारत पाँच सय बढी साना–ठूला राज्यमा विभाजित भई पारस्परिक लडन्त–भिडन्तको सिकार थियो भने यही स्थिति नेपालमा पनि थियो । जो बाईसी–चौबीसी र काठमाडौँ उपत्यकाका तीन मल्ल राज्य एवम् पूर्वका तीन सेनराज्यहरु गरी झण्डै ५२को सङ्ख्यामा असरल्ल परेका थिए । तिनको राजनीति भनेकै एक–अर्कालाई सिध्याउनु थियो । त्यसैले सोका लागि तिनीहरु बरोबर एक–अर्कामाथि घातक हमला गर्ने गर्थे । फलस्वरुप राज्यको ठूलो धन–जन त्यसैमा खर्च भई बन्द–व्यापार पनि निरन्तर खस्कँदो अवस्थामा थियो । यस अवस्थामा यिनका अगाडि जीवन–मरणको प्रश्नमात्र विद्यमान थियो– गर वा मर । अर्थात्, या त विदेशी अङ्ग्रेजको पोल्टामा पर्ने, होइन भने त्यसको हमलाविरुद्ध एकीकृत भई खडा हुने, आफ्नो सार्वभौमसत्ता जोगाउने ।

सौभाग्यको कुरा, इतिहासको यस दायित्वलाई हिमाली भेगका यी राजा पृथ्वीनारायण शाहले सही रुपमा आत्मसात गरे भने भारतीय र यहीँका पनि अन्य रजौटाहरुबाट त्यस्तो सम्भव भएन । फलतः एकपछि अर्को भारतीय रजौटाहरु विनष्ट भई अङ्ग्रेजको पोल्टामा पर्दै गए र त्यहाँ शक्तिशाली ब्रिटिश झण्डा फेरिन पुग्यो । भारतको स्वाधिनता विनष्ट भयो भने ठीक यस घटनाकै परिवेशमा यता सानो गोर्खा राज्य भने पृथ्वीनारायण शाहको नेतृत्वमा वरिपरिका राज्य जित्दै काठमाडौँतर्फ अग्रसर भएकोमा ब्रिटिशलाई यो मान्य भएनन् । यहाँका मल्ल राजाहरुले पनि आफ्नो बचाउका लागि त्यही ब्रिटिशको शरणमा जानुको विकल्प देखेनन् । र, यहाँका राजा जयप्रकाश मल्ल त्यसै गर्न पुग्दा त्यहाँको कम्पनी सरकारले यिनलाई सैनिक सहयोग पठाउने भयङ्कर भुल गर्न पुग्यो । यसका लागि क्या। किनलकको नेतृत्वमा १७ सयको विशाल फौज काठमाडौँतिर लम्किएकोमा गोर्खाली सेनाले सिन्धुलीगढीको पौवागढीमा घातक गुरिल्ला प्रत्याक्रमण गर्दा तिनीहरु सोत्तर हुन पुगे । झण्डै सात सयको पौवागढीको भीरभरि लाश रक्ताम्मे हुन पुग्यो । बचेको सैनिक जत्था लिई किनलक तराईतिर ओर्लिए भने यता गोर्खाली सेना कीर्तिपुरपछि कान्तिपुर, ललितपुर र भक्तपुर ओर्लियो । यसरी पहिलो चरणको उनको अभियान सम्पन्नसँगै नेपाल राष्ट्रको पनि जग बस्न पुग्यो । यो नै त्यस युग र समयको माग थियो । अन्यथा, न यो राष्ट्र बन्थ्यो न आज हामीले नेपाल र नेपाली भन्न पाउँथ्यौँ । यो नै उनको गरिमा र महत्व पनि हो ।

गोर्खाको अभियान र दृष्टिकोणको प्रश्न
प्रश्न छ, पृथ्वीनारायणको अभियानलाई हेर्ने कसरी रु के यो गोर्खा साम्राज्यको विस्तार थियो रु के यो गोर्खाको सैनिक अभियानको मात्र कुरा थियो रु वा, यो नेपाल राष्ट्रको राष्ट्र निर्माणकै प्रक्रिया पो थियो कि रु यी प्रश्नहरुको उत्तरले मात्र गोर्खा अभियानको अर्थ र औचित्य ठीक ढङ्गले बुझ्न सकिने हुन्छ । अन्यथा, सम्पूर्ण जीवन भ्रममै बित्न जानेछ । जो आज भई पनि रहेको स्थिति छ । जो एक स्वरले के भन्छन् भने पृथ्वीनारायण शाहले नेपालको एकीकरण होइन आफ्नो साम्राज्य विस्तारद्वारा ‘हाम्रो राष्ट्र खाने’ काम गरेकाले यो नेपालको निर्माण होइन, एक साम्राज्य विस्तारकै कुरा थियो । यथार्थमा यस भनाइलाई कुनै कोणबाट पनि पुष्टि गर्न सकिने आधार छैन । ऐतिहासिक र राजनीतिक दुवै दृष्टिले यो गर्न सकिने देखिन्न ।

  • प्रा.डा. सुरेन्द्र केसी

क) ऐतिहासिक : इतिहासबाट हेर्दा प्राचीन नेपालमा काठमाडौँमा किरात, मध्यतराईहरुमा कपिलवस्तु र विदेह राज्यहरु अस्तित्वमा देखा पर्छन् भने पाँचौँ शताब्दीतिर सुदूरपश्चिममा विशाल खश साम्राज्यको चकचकी देखिन्छ । प्रदेशका कपिलवस्तु–विदेह राज्यहरु भारतीय रजौटाहरुको आक्रमणमा परी विगटन भए भने एघारौँ शताब्दीमा मध्यतराईमै अर्को सिम्रौनगढ राज्यको स्थापना र अवशानको शृङ्खला उत्पन्न भयो । त्यस्तै, चौधौं शताब्दीसम्ममा विशाल खश साम्राज्य पनि बाईसी, चौबीसी र सेनराज्यमा विखण्डित हुन पुग्यो । यता किरातकालपछि अस्तित्वमा आएको काठमाडौँ उपत्यकाबाट प्रायः आजकै आकारमा बनेको विशाल नेपाल अधिराज्य पनि ‘नेपाल मण्डल’ नामले काठमाडौँ उपत्यकामै सीमित हुन आइपुग्यो । त्यो पनि समयक्रममा बेग्लाबेग्लै राज्यमा विखण्डित हुन पुग्दा सम्पूर्ण नेपाल ५२ साना–ठूला राज्यहरुमा अस्तित्वमा आएको सम्बन्धमा माथि नै उल्लेख गरियो । यो नै नेपाल राष्ट्रको ऐतिहासिक र वास्तविकता हो । यो बेग्लै कि राज्य यहाँसम्म आउनुपूर्व यस भूगोलको आदिम समाज र यसको शृङ्खला के कसरी त्यो विन्दुसम्म आइपुग्यो रु भन्ने सम्बन्धमा समाज शास्त्रीय/मानव शास्त्रीय अध्ययन हामीले अझै पनि गर्न सकिरहेका छैनौ ।

ख) राजनीति : तथापि राजनीतिक हिसाबले के भन्न सकिन्छ भने गोर्खाले पृथ्वीनारायण शाहको पदलकदमीमा जुन विजय अभियानको थालनी गरियो, त्यो केवल उसको साम्राज्यको मात्र विस्तार थियो भन्ने दृष्टिकोण पूर्णतः एकाङ्की हो । किनभने साम्राज्य हुनलाई पुँजी विकासको स्थिति वा बजार विस्तारको ध्येयले अघि आएको हुनुपर्दछ । साम्राज्यवाद भनेको पुँजीवादको उच्चतम् रुप हुन्छ भन्ने माक्र्सीय बुझाइ हुने गर्छ । अर्को, पृथ्वीनारायण शाहको विजय अभियान राज्य विस्तारकै ध्येयबाट भएको भए पनि २५ वर्षपछि जब कान्तिपुरको सहयोगको बहानामा अङ्ग्रेजी सेना उपत्यकातर्फ लम्किन थाल्यो, त्यस विन्दुबाट गोर्खाको उक्त सैनिक अभियानको चरित्रमा रुपान्तरण भई त्यसले देशभक्तिपूर्ण चरित्र ग्रहण गर्न पुग्यो । अन्यथा माथि पनि भनियो । आज हामी यस रुपमा होइन भारतीय सङ्घकै अभिन्न अङ्गको रुपमा रहने थियौँ । वा, बाईसी–चौबीसी लडन्त–भिडन्त आजसम्म पनि जारी रहने हुन्थ्यो वा हामी धुलिसात भइसक्ने थियौँ । यस्तो हुनबाट बचाई हाम्रो त्यस विखण्डनकारी प्रवृत्तिलाई रोकेर एक शक्तिशाली हिमाली राज्यको शिलान्यास गरी विदेशी हमलाविरुद्ध एक शक्ति निर्माण गर्नुमात्र उनको ठोस योगदान थिएन । सँगसँगै यसै बहानामा यस राष्ट्रको निर्माण हुन पुग्नु पनि उनको उत्रै योगदान थियो । ठीक त्यसरी जसरी भारतमा अङ्ग्रेज साम्राज्य निर्माण क्रममै वर्तमान विशाल भारतको जग बस्यो । के योचाहिँ साम्राज्यको विस्तार थिएन रु सही अर्थमा यो नै साम्राज्य विस्तार थियो तर यो हाम्रो आँखा हो, भारतीय आँखाबाट हेर्दा त यसै प्रक्रियाबाट त्यस देशको निर्माण भएको हो । ठीक यही सत्य हाम्रो देशको हकमा पनि यथार्थ हो, जसअनुसार यहाँका बाईसी–चौबीसी जित्नेक्रममा विदेशी शक्ति रोकी नेपाल र नेपालीको अस्तित्व रक्षार्थ नै नेपाल राष्ट्रको मूर्तिकरण हुन पुग्यो । यस मानेमा न त यो गोर्खाको विस्तार थियो न त यसले कसैको स्वतन्त्रता नै हरण गर्यो । त्यसको विपरीत ऐतिहासिक रुपमा नै विभिन्न उतार–चढाब व्यहोर्दै आएको नेपाली भूगोल आफ्नो राष्ट्रिय आवश्यकतासँगै यस चरणमा प्रवेश गर्यो । र, आफ्नो अस्तित्व निर्माण गर्यो, जसलाई ‘गोर्खा साम्राज्यको विस्तार’ भन्नुभन्दा पनि यस राष्ट्रको निर्माण प्रक्रिया भन्नु सबैभन्दा सही दृष्टिकोण हुने स्पष्टै छ ।

उपसंहार
दुःखद् पक्ष, नेपाली इतिहासमा यस जोड–कोणलाई हालसम्म पनि प्रयुक्त मानिएन । त्यसको विपरीत त्यसलाई आ–आफ्नो मापकअनुसार व्याख्या, अपव्याख्या गर्ने दुष्प्रवृत्ति झन् चर्को बन्यो । कतिले त्यसलाई धन्दा, वृत्ति र राजनीति बनाए । यस पङ्क्तिकारले उक्त जोड–कोणलाई अनेकपटक उभ्याउन खोज्यो तर यस प्रवृत्ति पक्षधरले मलाई नै विस्थापन गरिदिए । तथापि, मेरो निष्कर्ष के छ भने पृथ्वीनारायण र एकता दिवस मनाउने भनेको न त उनको गुणगाथा गाउने हो न त नेपाललाई धार्मिकीकरण वा राजतन्त्रमा फर्काउने हो । त्यसको विपरीत उनलाई समभावमा राखी आम नेपाल र नेपालीको साझा विन्दु बनाउने हो किनभने राजतन्त्र उन्मूलन भइसक्यो भने उनी हिन्दूका मात्र राजा कदापि थिएनन् । त्यसैले उनी भन्थे– यो देश सबैको साझा फूलबारी हो, कसैको पनि पेवा होइन ।

अतः निष्कर्षमा के भन्न सकिन्छ भने उनलाई अमुक धर्म वा प्रणालीभन्दा पनि सबैको साझा धरोहर बनाई अपनाउनु नै साँचो अर्थमा उनीप्रतिको सद्भाव हुनेछ । बाँकी सब उनको नाममा व्यापार र वृत्ति चलाउने कुरामात्रै हुनेछन् । जसले उनको उचाई बढाउने होइन, घटाउने काम नै गर्ने छ । जो उनका लागि त व्यर्थको हुनेनै छ सँगसँगै मुलुक र मुलुकीले पनि त्यसबाट कुनै प्रतिफल पाउने छैनन्, सबैमा चेतना भया ।

यसमा तपाइको मत

अन्य समाचार