छायाँछवि काव्य श्रृंखलामा प्रस्तुत हुँदै वसन्त र शान्ति

काठमाडौं,
पौष १७ ।

छायाँछवि काव्य श्रृंखलामा कवि वसन्त प्रकाश उपाध्याय र गजलकार शान्ति शर्मा गुञ्जिने भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा हुँदै आएको छायाँछवि काव्य श्रृंखलाको तेस्रो संस्करणमा उनिहरु गुञ्जिने भएका हुन् ।

छायाछवि काव्य श्रृंखलाकी संयोजक रश्मि रोदनका अनुसार आगामी पौष २७ गते सिटिम्याक्स बागबजारमा छायाँछवि काव्य श्रृंखला हुँदैछ । उक्त अवसरमा कवि वसन्त प्रकाश र गजलकार शान्ति शर्माका करिब दुई दर्जन कविता र गजल वाचन हुने भएको छ ।

करिब साढे दुई दशक भन्दा अघिदेखि साहित्यको क्षेत्रमा आफूलाई अब्बल बनाएका कवि वसन्त प्रकाशले कार्याक्रममा कबिता वाचन गर्ने छन् । त्यस्तै गजलमा आफूलाई अब्बल रुपमा उभ्याउन सफल शान्ति शर्माले उक्त कार्यक्रममा एक दर्जन भन्दा बढी गजल वाचन गर्ने छिन् ।

कविता र गजल वाचनको शैलीलाई पछ्याउने क्रममा चलचित्र, गीतसङ्गीतमा क्रियाशील रहँदै आएको संस्था छायाँछविले अब साहित्यको क्षेत्रमा चालेको यो अभियानबाट साहित्यको क्षेत्रमा क्रियाशिल रहि यसै क्षेत्रको विकाशमा केहि न केही भए पनि योगदान पुग्ने आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले बताए ।

यसमा तपाइको मत

अन्य समाचार