एकल साङ्गीतिक साँझ गर्दै इन्दिरा

काठमाडौं,
पौष १२ ।

इन्दिरा गोले एकल साङ्गीतिक साँझ हुने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी हिमालयन इन्टरटेन्टमेन्ट ग्रुप प्रा.लि.ले एकल साङ्गीतिक साँझ गर्ने बताएको हो ।

एकल साँझ आगामी फागुन २६ गते गरिने ग्रुपका अध्यक्ष सुवास पाख्रिन लामाले बताए । उक्त साङ्गीतिक साँझमा गोलेले गाइसकेकी गीतहरुमध्ये चर्चित डेढ दर्जनभन्दा बढी गीत गाउने जानकारी गराइन् ।

साङ्गीतिक क्षेत्रमा बरिष्ठ गायिका इन्दिरा गोले अपरिचित नाम होइन । उनले ग्रामीण परिवेशमा प्रचलित विभिन्न जात्रा र बजारमा गीत गाउँदै साङ्गीतिक क्षेत्रमा होमिएकी थिइन् । गोले अहिले गाउँघरमा मात्र नभएर देशविदेशमा समेत सबैको मनमा बस्न सफल गायिका हुन् ।

गयिका गोलेले पूर्व मेचीदेखि पश्चिम महकालीसम्मका विविध भाषा र भाकामा २०४५ सालदेखि हालसम्म हजारौं गीत गाइसकेकी छन् । सदबहार गीतहरु चाँगुनारानथान…, बेशी झरन…, जाइफूलको बासना…, घर त छाउनीमा…, डमडम…., ए होइ ज्यानै खायो…, छालाले मोरेको…., सफा ट्याम्पुरी…., आपा त गाङदानलगायत गीतहरु हालसम्म चर्चित रहेका छन् ।

पिता जितबहादुर गोले र माता प्रेममाया लोप्चनको कोखबाट २०२३ मा साविक भारदेउ गाविस हाल कोन्ज्योसोम गाउँपालिका–८ मा जन्मिएका गोले गायनकै क्रममा नेपालको विभिन्न सहर र विदेशमा जापान, हङकङ, अष्ट्रेलिया, कोरिया, मलेसिया, कुवेत, कतार, बहराइन पुगिसकेकी छन् ।

यसमा तपाइको मत

अन्य समाचार