काठमाडौं,
पौष ८ ।
बाबुकाजी सिलवालको कवितासङ्ग्रह‘शिरको टोपी’ लोकार्पण भएको छ । ज्योेति साहित्य प्रतिष्ठानको १३५ औँ कवितायात्रामा उनको यो कवितासङ्ग्रह लोकार्पण भएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि हिरण्यकुमारी पाठक, शंकर भारती, मित्रलाल पंज्ञानी, डा. बमबहादुर थापा‘जिताली’, ममताकर्मचार्यलगायतकाको उपस्थिति रहेको थियो ।
ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रमा प्रतिष्ठानका उपाध्यक्ष सूर्य बस्नेतले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चालन सचिव उषा आचार्यले गरेकी थिइन ।
शिरको टोपी कृतिमाथि ज्योति साहित्य प्रतिष्ठानका महासचिव कमला रिसाल‘ज्योति’ले समीक्षात्मक टिप्पणी गरेकी थिइन भने ओमप्रसाद कोइराला, रश्मी रिमाल, गंगा आचार्य, पशुपति कर्मचार्य, प्रकाश बस्नेत ‘गफाडी’ मुकुन्द न्यौपाने, महेश रिजाल, निर्मल पराजुली, गुप्तबहादुर श्रेष्ठ, मेनका पोखरेल, जनार्दन अधिकारी ‘धड्कन’, शैलेन्द्रकुमार शाह, हरिप्रसाद पाण्डेय, राजनविक्रम थापा, ममता कर्मचार्य, राजबाबु श्रेष्ठ, उर्मिला कोइराला, अशोक घिमिरे, लालकाजी श्रेष्ठलगायतका कविहरूले आ–आफ्नो रचना वाचन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, समीक्षक र कृतिकारलाई प्रतिष्ठानका तर्फबाट सभापति सिंहले मायाको चिनो प्रदान गर्दै सम्मान व्यक्त गरे ।
प्रत्येक महिनाको पहिलो शुक्रबार आयोजना हुने कवितायात्रा कार्यक्रममा कविता, मुक्तक, गजल जस्ता विभिन्न काव्य विधाका रचना वाचन हुनु र कार्यक्रम नियमित सञ्चालनगर्नु चुनौतिपूर्ण कार्य भएको र त्यो चुनौति ज्योति साहित्य प्रतिष्ठानले पुरा गर्न सफल भएको भाव प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले व्यक्त गरे ।






