विश्व नेपाली साहित्य महासंघ नेपाल च्याप्टरको अध्यक्षमा मणिराज सिंह

काठमाडौं,
पौष १ ।

विश्व नेपाली साहित्यमहासंघ नेपाल च्याप्टरको नयाँ कार्य समितिको अध्यक्ष मणिराज सिंह भएका छन् । विश्व नेपाली साहित्यमहासंघ नेपाल च्याप्टरमा मणिराज सिंहको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो ।

नेपालीभाषा र साहित्यको उत्थानका साथै यसलाई विश्वव्यापीकरण गर्ने उद्देश्य रहेको यस संस्थाको अन्य पदाधिकारीमा उपाध्यक्ष गुप्तबहादुर श्रेष्ठ, महासचिव बिना थिङ तामाङ, सचिव कमला रिसाल ‘ज्योति’, कोषाध्यक्ष शैलेन्द्रकुमार शाह र सदस्यमा उषा आचार्य अनि विद्या सापकोटा रहेका छन् ।

नियमित साहित्यिक कार्यक्रम तथा विभिन्न साहित्यिक अन्तक्र्रिया गरी संस्थालाई क्रियाशील बनाउने अध्यक्ष सिंहले बताए ।

यसमा तपाइको मत

अन्य समाचार