काठमाडौं,
आफैं गीत लेख्ने, सङ्गीत भर्ने र गाउने ताराबीर पाण्डेले अहिलेसम्म आउँदा डेढसय भन्दा बढी गीतमा स्वर र सङ्गीत दिएकाछन् । त्यसो त अन्य धेरै गीतमा सङ्गीत भरेका उनले प्रमोद खरेल, हिमाल सागरलगायतका स्वरमा रहेका गीतमा सङ्गीत दिएका छन् । हालै मात्रै राजधानीको पुतलीसडकमा आफ्नै स्टुडियो ‘यमन स्टुडियो’ सञ्चालनमा पनि ल्याएका छन् उनले ।
‘अरु स्टुडियोमा धाउँदा धाउँदा वाक्क लाग्ने, खर्च धेरै लाग्ने भएर आफैँनै स्टुडियो सञ्चालनमा ल्याएको हुँ’ उनले भने । समय पनि धेरै लाग्ने, भनेको समयमा काम नुहुने, भने जस्तो गीत नस्किने जस्ता समस्याबाट वाक्क भएर आफनै स्टुडियो सञ्चालनमा ल्याएको उनले दाबी गरे । उनले स्टुडियोको नारा नै बनाएका छन् ‘प्रमोट न्यु आर्ट एण्ड आर्टिस्ट’ । ‘यो कम्पिलिट अडियो भिडियो सोलुसन हो’, पाण्डेले भने ।
छिटो छरितो र सुलभ मुल्यमा काम गर्ने स्टुडियोको उद्देश्य रहेको बताउँने ताराबीरले गाएकागीत मध्ये पहिलो गीत नै धेरै राम्रो बन्यो । ‘आसमानबाट आउँछिन मेरी चादनी‘।’ भन्ने उनको पहिलो गीतले नै उनलाई धेरै दर्शक÷स्रोतामाझ चिनायो । ‘पहिलो गीतले नै मलाई हौसला दियो’, उनले पुल्कित हुँदै सुनाए । यो गीतको भिडियोलाई २०५८ सालमा दुबईमा छायाँकन गरिएको थियो । त्यसपछि केही ओझेल जस्ता देखिएका उनी विविध कारणबस निरन्तरता दिन नसकेको स्वीकारछन् ।
पछि सुन्दर पन्तको एल्वम ‘सुन्दर सपना’मा एउटा गीत ‘लुकी लुकी‘’मा उनको स्वर र सङ्गीत रहेको छ । त्यो गीतलाई धेरैले मन पराए । यसले फेरि केही ओझेलमा परेका ताराबीरलाई चर्चामा ल्याइदियो । पछि आफ्नै स्वर र सङ्गीतमा रहेको ‘ओ ए काली‘’ अरुकै सङ्गीतमा रहेको ‘कान्छि आइ लभ यु‘’, ‘घाम पानी घाम पानी‘’, ‘तिम्रो सम्झनामा‘’ जस्ता धेरै गीतले ताराबीरलाई आम स्रोतारदर्शकमाझ एउटा छाप बनाउन सफल भयो । ‘आफ्ना सबै क्रिएशन त्यतिकै मनपर्ने भए पनि ‘डल्ली मगरनी‘’ अलिक मन पर्छ’, उनले सुनाए ।

चलचित्रका गीतमा पनि काम गरेका झापा धर्मपुर फुलबारी चोक भई काठमाडौंलाई कर्मथलो बनाएका ताराबीर यो क्षेत्रमा केही विकृति भएको बताउँछन् । ‘पैसा हुनेहरुका लागि पुरै यो उद्योग नै उसकै जस्तो छ, यहाँ नहुनेका लागि जति सुकै कला भए पनि गाह्रो छ, राम्रा प्रतिभा भएकाहरुका लागि उचित अवसर नभएका कारणा कुलतको बाटोमा लागेको, ठगी तिर लाग्ने जसले गर्दा विकृति फैलिरहेको छ । अर्को कुरा पैसा भएका तर कला नभएकाहरुको राजले गर्दा राम्रो कलाकार ओझेलमा परेका छन्’, उनले सुनाए ।
सबै गीतलाई त्यतिकै न्याय गर्न सक्छु तर आफूलाई आधुनिक गीत नै गाउन मनपर्छ भन्ने उनी सबै खालका गीत गाउनु पर्छ भन्ने महसुर भएर डान्सिङ, लोक, पप, गजल, आधुनिक, चलचित्र सबै गीत गाएको बताउँछन् । ताराबीरको गीत सङ्गीतको फाँट अझ फराकिलोहोस्, उनका क्रिएशन कालजयी हुन अहिलेलाई उनीसँग यही अपेक्षा । आम अपेक्षालाई उनले कतिको पुरा गर्न सक्ने हुन त्यो त आउँदा दिनहरुले नै प्रष्ट पार्ने छ ।
– गीता अधिकारी






