त्रिशूलीमा खस्यो अर्घाखाँची जाँदै गरेको बस

काठमाडौं,
मंसिर १३ ।

अर्घाखाँचीका लागि काठमाडौंबाट गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना भएको छ । बिहान ९ः३० बजे बस त्रिशूलीमा नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनले अर्घाखाँची जाँदै गरेको बस त्रिशूली नदीमा खसेको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।

दुर्घटनाको खबर पाएलगत्तै डीएसपी शिव शर्मा आचार्यको टोली अहिले उद्धारका लागि घटनास्थल पुगेको छ ।

 

यसमा तपाइको मत

अन्य समाचार