दुई धार्मिक पुस्तक सार्वजनिक र सम्मान

काठमाडौं,
मंसिर १२ ।
दुई धार्मिक पुस्तक राजधानीमा सोमवार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । प्यासिफिक पब्लिकेसनले आफ्नो छैठौ बार्षिक अवसर पारेर धर्मग्रन्थका कथा र भागवतगितामा के छ नामक दुई पुस्तक सार्वजनिक गरेको हो ।

राजधानीको प्रज्ञाप्रतिष्ठान कमलादीमा आयोजित पुस्तक सार्वजनिक तथा श्रष्टासम्मान कार्यक्रममा पुर्व उपराष्ट्रपती परमानन्द झा र नेपालका लागि ब्राजिलका राजदुत मारिया टेरेसाले उक्त पुस्तक सामुहिक सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा नेपालका लागि ब्राजिलका राजदुत मारिया टेरेसा, समाजसेवी, शिक्षासेवी उपेन्द्र राज शास्त्री कडेल, समाजसेवी तथा नगर बिकास कोषका अध्यक्ष धु्रब रिजाल, गीतकार बुद्धबिर लामालगायतलाई सम्मान समेत गरिएको थियो । यि सबैलाई खादा तथा प्रमाण पत्र पुर्वउपराष्ट्रपती परमानन्द झाले प्रदान गरेका थिए ।

कार्यक्रमा पुर्वउपराष्ट्रपती झाले प्यासिफिक पब्लिकेसनले धार्मीक पुस्तक बाँहिर ल्याएर नयाँ पूस्तालाई पनि धार्मीक महत्व जगाउने काम गरेको बताए । उनले यस्ताम पुस्ततको लाभ सबैले लिनुपर्नेमा जोड दिए ।

यस्तै नेपालका लागि ब्राजिलका राजदुत मारिया टेरेसाले सम्मानले नेपाल प्रति आफ्नो थप जिम्बेवारी बढेको बताइन् ।

सार्वजनिक पुस्तक धर्मग्रन्थका कथा सुमित्रा सिंहले लेखेकी हुन्, भने भागवत गीतामा के छका लेखक ओमप्रकास खरेल रहेका छन् ।

गीतामा भगवान श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश सरल भाषामा आफूले पुस्तकमा प्रस्तुत गरेको भागवत गीतामा के छ का लेखक खरेलले बताए । उनले यो पुस्तक सफल भए अन्य धार्मीक पुस्तक समेत ल्याउने सुनाए ।

प्यासिफिक पब्लिकेसनका संरक्षक तथा बरिष्ठ पत्रकार लोचन थपलियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षासेवी उपेन्द्र राज शास्त्री कडेल, समाजसेवी तथा नगर बिकास कोषका अध्यक्ष धु्रब रिजाललगायतले धार्मीक पुस्तकको बर्तमान समयमा महत्वको के भन्ने बिषयमा आ आफ्नो धारणा राखेका थिए ।

 

यसमा तपाइको मत

अन्य समाचार