हङ्कङमा प्रकाश दाहाल प्रती श्रद्धाञ्जली सभा

हङ्कङ,
मंसिर ५ ।

गत आईतवार बिहान दिबङ्गत भएका नेपालका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र तथा नेकपा माओवादी केन्द्र पोलिट्ब्युरो सदस्य प्रकाश दाहाल प्रती श्रद्धाञ्जली सभा हङ्कङमा सम्पन्न भएको छ । नेपाली जन प्रगतिशिल मञ्च तथा नेकपा माओबदी केन्द्र हङकङ शाखाको आयोजनामा सो श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

जोर्ड़न स्थित चुमलुङ हिममा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्र भातृ सङ्गठनहरु किराती राष्ट्रिय मुक्ति मोर्चा, मगर राष्ट्रिय मुक्ति मोर्चा, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा र तमु राष्ट्रिय मुक्ति मोर्चाको पनि सङ्लग्न रहेको थियो । कार्यक्रममा सम्पूर्ण माओवादी केन्द्र समर्थकको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जनयुद्धमा सहादत शहिदहरु र गत आईतवार दिबङ्गत माओवादी केन्द्र पोलिट्ब्युरो सदस्य स्वर्गिय प्रकाश दाहाल प्रती १ मिनेट मौन धारण गरी कार्यक्रम सुरु गरिएको थियो । त्यसका साथै कार्यक्रमको अन्त्यमा दिवंगत प्रकाश दाहालको तस्वीर दीप प्रज्वलन गरी श्रद्धाञ्जली व्यक्त गरीएको थियो ।

नेपाली जन प्रगतिशिल मञ्च हङकङका अध्यक्ष धिरेन राईको सभापतित्वमा गरिएको सो सभामा नेकपा माओवादी केन्द्र हङकङ सल्लहकार जेबी ओख्रबु र नेकपा माओवादी केन्द्र हङ्कङ कमिटी अध्यक्ष रबिन्द्र लिङ्देन अतिथी रहेका थिए । नेपाली जन प्रगतिशिल मञ्च महासचिब हरि तमुले सञ्चालन गरेको कार्यक्रमा अतिथी द्वय जेबी ओख्रबु र रबिन्द्र लिङ्देनले श्रद्धाञ्जली मन्तब्य राखेका थिए भने कार्यक्रम सभापति धिरेन राईले श्रद्धाञ्जली मन्तब्यका साथै कार्यक्रम बिसर्जन गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार