काठमाडौ,
कार्तिक १७ ।
दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार हजार ७ सय ८ जनाको उम्मेद्वारी परेको छ । उक्त उम्मेद्वारी ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २ सय ५६ सदस्य पदका लागि परेको हो ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार बेलुका ८ः३० बजेसम्मको विवरणअनुसार, प्रतिनिधि सभातर्फ एक हजार ७ सय ४२ र प्रदेश सभातर्फ दुई हजार ९ सय ६६ उम्मेदवारी दर्ता भएको छ ।
प्रतिनिधिसभाका कुल १६५ सिटमध्ये ३७ सिटमा कार्तिक ५ गते नै मनोनयन दर्ता भइसकेको छ । त्यसैगरी ३२ जिल्लाका ७४ प्रदेशसभा सिटमा पनि कार्तिक ५ नै मनोनयन दर्ता भइसकेको छ ।
पहिलो चरणमा मनोनयन दर्ता भएका ३२ जिल्लामा मंसिर १० गते मतदान हुनेछ । विहीबार मनोनयन दर्ता भएका ४५ जिल्लामा मंसिर २१ गते मतदान हुनेछ ।






