बालबालिकाको सहयोगको लागि विविध कार्यक्रम

काठमाडौं,
असोज २४ ।

क्यान एजुकेशन फाण्डेशन सहयोगार्थ रशलाईट मिडियाले राजधानीमा  सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । २८ गते शनिबार हुने उक्त कार्यक्रममा गायिका एवम् मोडल रमिता भण्डारी, गायिका मिना निरौला, बुनु राई, गायकद्वय सुरेशकुमार क्षेत्री र दाउथ राईले आफ्नो प्रस्तुति दिने इभेन्ट व्यवस्थापक सनिल मर्हजनले जानकारी दिए । उनका अनुसार कल्चरल नृत्यका साथमा फेशन शो पनि हुनेछ । जोजालप्पा कलेक्सनको डिजाइनमा कल्चरल फेशन शो हुनेछ ।

रशलाईट मिडियाले आफ्नो साजाजिक उत्तर दायित्व अन्तर्गत उक्त कार्यक्रम गर्न लागेको रशलाईट मिडियाकि अध्यक्ष एवा् गायिका तथा मोडल रमिता भण्डारीले जानकारी दिइन । कम्पनिले यस अघि पनि विभिन्न संघसंस्थालाई सहयोग गरिसकेको छ ।

क्यान एजुकेशन फाण्डेशनले उक्त कार्यक्रमबाट उठेको रकम बालबालिकाहरुको शिक्षामा खर्च गर्ने फाउण्डेशन की कोषाध्यक्ष सम्झना लामाले जानकारी दिइन । हाल संस्थाले चार जिल्लाका ४५ जना बालबालिकाहरुलाई शिक्षा दिँदै आएको छ ।

यसमा तपाइको मत

अन्य समाचार