के हो अक्युप्रेसर

अशोक धनञ्जय

प्रकृतिले शरीरको रचना यसरी गरेको छ कि, अधिकांश रोगको उपचार हामी आफैँभित्र छ । अक्युप्रेसर पद्धति त्यही अनुरुप विकास भएको हो, जसले शरीरको विशेष विन्दुहरुमा दबाव पैदा गरेर रोग निर्मुल पार्छ । यसको कुनै साइड इफेक्ट छैन । स्वस्थ्य अवस्थामा पनि अक्युप्रेसर विधी अपनाउन सकिन्छ, जसले शरीरलाई स्थिर र शान्त राख्छ । साथै कुनै उपचार गराइरहेको छ भने पनि त्यसैसँग अक्युप्रेसर गर्न सकिन्छ । अक्युप्रेसर एकदमै प्राकृतिक उपचार विधी हो ।

अक्युप्रेसर के हो त ?
चिकित्साका थुप्रै पद्धतीमध्ये अक्युप्रेसर पनि एक चिकित्सा पद्धती हो । चिनिया भाषाको ‘एक्यु’बाट यसको विकास भएको छ, जसको अर्थ हो पोइन्छ अर्थात विन्दु । शरीरको खास विन्दुमा सूईले दबाव दिएर रोगको उपचार गरिने पद्धति साथै हात वा अन्य कुनै वस्तुले दबाएर पनि यो विधी अपनाउन सकिन्छ । हाम्रो शरीरको केहि विन्दुले केहि रोगको निदान गर्ने सामाथ्य राख्छ । यदि त्यस विन्दुमा विशेष किसिमले दबाव दिइयो भने, शरीरका सम्बन्धित रोगबाट छुटकारा मिल्छ । शरीरका यी विन्दुमा बायोइलेक्ट्रिकल आवेग पैदा हुन्छ र उर्जा प्रवाह गर्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ साथै मांसपेशीमा आराम पनि । चिन्ता र तनाव समेत हटाउँछ ।
अक्युप्रेसरमा के मानिन्छ भने, हाम्रो शरीरमा बाह्र च्यानल हुन्छ, जो शरीरको प्रत्येक हिस्सासँग सम्बन्धित छ । यो च्यानल अन्ततः तान्त्रिक तन्त्रसँग जोडिन्छ ।
जब शरीरको कुनैपनि भागमा रोकाबाट हुन्छ, अक्युप्रेसरको माध्यमबाट त्यसमा दबाव दिइन्छ । त्यही दबावले उक्त रोकावट हटछ । फलतः रक्त प्रवाह हुन्छ । अक्सिजन र सकारात्मक उर्जाको समुचित प्रवाह हुन्छ ।
अक्युप्रेसरले रोग निवारण मात्र गर्दैन, यसले राम्रो र स्थिर जीवन पनि सुनिश्ति गर्छ ।
अक्युप्रेसरलाई अन्य चिकित्सा विधीसँगै अपनाउन सकिन्छ ।

अक्युप्रेसर प्रभाव
स्नायु संस्थानमा व्याप्त विकृति हटाउन ।
मांसपेशीमा आवश्यक लचकता ल्याउन ।
छालामा स्फूर्ति पैदा गर्न ।
शरीरको आवश्यक तत्वमा रक्त प्रवाह राम्ररी गराउन ।

प्रमुख अक्युप्रेसर प्वाइन्ट
ज्वइनिङ द भ्यालीः यो विन्दु बुढी औंला र चोर औंलाको बीचमा हुन्छ । यहाँ दबाउँदा टाउको दुखेको, दाँत दुखेको, गर्दन दुखेको, काँध दुखेको, कव्जियत भएको, हङओभर भएको अवस्थामा राहत मिल्छ ।
पेरिकार्डियमः यो प्वाइन्ट हत्केलाभन्दा लगभग दुई औंला तल नाडीमा हुन्छ । यहाँ दबाउँदा बेचैनी, ज्वरो, वान्ता, पेटको गडबढी, छाती दुखेको ठिक हुन्छ ।
थर्ड आई प्वाइन्टः यो विन्दु दुबै आँखी भौंको मध्य र नाकको ठीक माथि हुन्छ । मानसिक शान्ति, स्मृति क्षमता बढाउन तथा तनाव, थकान, टाउको दुखाईको समस्याबाट पार पाउनका लागि यो विन्दुमा दवाउनु पर्छ ।
सी अफ ट्रयांकुलिटीः यो विन्दु छातीको ठीक बीचमा हुन्छ । यहाँ दबाउँदा एग्जाटी, नर्वसनेस, डिप्रेसन, हिस्टीरिया र इमोसनल समस्यामा फाइदा मिल्छ ।
लेग थ्रि माइल्सः यो विन्दु घुँडाको तल लगभग चार औंलाको दुरीमा हुन्छ । यहाँ दबाउँदा अपच, पखला, कव्जियत, पेट फुलिएको, ग्याष्ट्रिक, पेटको दुखाई जस्तो समस्या हट्छ ।
कमान्डिङ मिडिलः यो विन्दु घुँडाको ठीक पछाडीको भागमा हुन्छ । यहाँ दबाउँदा कम्मरको दुखाई, घुँडाको दुखाई आदि ठीक हुन्छ ।
इयर प्वाइन्टः यो प्वाइन्ट कानको माथिल्लो भागमा हुन्छ । यहाँ दवाब चुरोटको लत, तनाव, डिप्रेसन, अनिद्रा आदिको समस्या हट्छ ।
ह्याभनेली पिलर प्वाइन्टः यो प्वाइन्ट गर्दन र टाउाकोको ठीक मध्य भागमा हुन्छ । तनाव, थकान, गर्दन दुखाई हटाउनका लागि यहाँ दबाउनु पर्छ ।
स्याकरल प्वाइन्टः यो विन्दु मेरुदण्डको सबैभन्दा अन्तिम भागमा हुन्छ । यहाँ दवाउँदा मासिक श्राव सम्बन्धि अनियमिततामा राहत मिल्छ ।
बिगर रशिङः यो विन्दु खुट्टाको बुढी औंला र अन्य औंलाको बीचमा हुन्छ । आँखाको थकान, ह्याङओभर हटाउन यहाँ दबाउनु पर्छ । साथै यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

मानिसले आफू निरोगी बन्नका लागि अनेक उपायहरु खोज्ने क्रममा अक्युप्रेसर पनि एक उपायको रुपमा अबल्मबन गरेको छ । यसका खोजकर्ताहरुले यो बिधिलाई स्वस्थय रहनका लागि सजिलो र राम्रो बिधि मानेका छन् । अन्य विभिन्न रोगहरुमा पनि यसका अलग अलग प्वाइन्टहरुलाई विस्तृत जानकारी गराइएको पाइन्छ ।

यसमा तपाइको मत

अन्य समाचार