डा. महतको निर्वाचनमा होमिन आग्रह

नुवाकोट,
असोज ९ ।

नेपाल तरूण दल क्षेत्रीय कार्यसमिति (क्षेकास) क्षेत्र नं. १ नुवाकोटले शुभकामना आदानप्रदान तथा निर्वाचित प्रतिनिधिहरूलार्इ सम्मान र सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

दशै, तिहार, न्हुँदया तथा छठको अवसर पारेर ककनी गाउँपालिका–४ स्थित रानीपौवामा भएको उक्त कार्यक्रममा पूर्व अर्थमन्त्री माननीय डा. रामशरण महतले प्रमुख आतिथ्यता ग्रहण गर्दै २००७ सालदेखि लोकतान्त्रिक गणतन्त्रसम्म नेपाली काँग्रेसले मुलुकको मोचन गर्दै आएको छ । आन्तरिक कमीकमजोरी केलाउदै प्रदेशसभा तथा प्रतिनिधि सभा निर्वाचनमा होमिन सबैलार्इ आग्रह गर्नुभएको थियो ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मानपत्र डा. महतले प्रदान गर्नु भएको थियो ।
अतिथिहरू नेका महासमिति सदस्य रमेश कुमार महत, महाधिवेशन प्रतिनिधि कृष्णबहादुर लामा, पार्टी क्षेकास अध्यक्ष अर्जुनप्रसाद न्यैपाने, सचिव यादव नेपाल, ककनी गापा प्रत्यासी उम्मेदवार दिपेश लामा, बालकल्याण समिति केन्द्रिय सदस्य ज्ञानबहादुर लामा, सैलुङअनलाइनका अध्यक्ष श्यामलाल लामा, तरूण दल केन्द्रिय प्रतिनिधि राजकुमार तामाङ (दावा), तादी गापा अध्यक्ष नारायण पाण्डे, जिल्ला कार्यसमिति सचिव शिव दाहाल लगायतले आगामी निर्वाचनमा जसरी नि हाम्रो पार्टीलार्इ जिताउन लागि पर्नुपर्ने बताउनु भयो ।

शरण घलेद्वारा स्वागत र अध्यक्ष यदुमान लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा चर्चित कलाकारहरू इन्दिरा गोले, रोज मोक्तान, मदन थापा, सरू थापा, सविन घिसिङ, सुवास पाख्रिन, अमृता तामाङ, एरीन तामाङ, समीर लामा, सुमन ग्लान तामाङले आ–आफ्नो बेजोड साँस्कृतिक प्रस्तुति गर्नु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार