विदेशी अनुभव पस्कँदै सुमन

  • अशोक भुसाल

काठमाडौंको होहल्ला र भीडभाडबीच एउटा शान्त, रमणीय र प्राकृतिक वातावरण भएको क्याफे छ रक हाउस क्याफे तथा पार्टी प्यालेस । रातोपुलको मुखैमा रहेको यो क्याफे तथा पार्टी प्यालेस सञ्चालकमध्येका एक हुन् सुमन राई । लामो समयसम्म दक्षिण कोरिया बसेर आएका उनी आफ्नो त्यहाँको अनुभवलाई यस क्याफेमार्फत् ग्राहकमाझ पस्किरहेका छन्, जसबाट ग्राहकले भनेजस्तो सेवा र सन्तुष्टि प्राप्त गरिरहेका छन् ।

खोटाङको दिप्लुङमा बुबा दीर्घबहादुर राई र आमा रेशममाया राईका ६ सन्तानमध्ये माइला सुमन सानैदेखि निकै मिहिनेती र केही गरौं भन्ने भावनाका थिए । देशको बाध्यात्मक परिस्थितिले गर्दा लामो समय (१८ वर्ष) कोरियामा बिताएका उनी आफ्नै देशमा केही गर्नुपर्छ भनेर फर्किए नेपाल र सुरु गरे रष्टुरेन्ट व्यवसाय । ‘हरेक मानिसमा केही न केही गुण हुन्छ, त्यसलाई चिनेर आफूलाई त्यही क्षेत्रमा लगाउने मानिस सफल हुने गर्दछ’ भन्ने मान्यता राख्ने सुमन धनी–गरीब भन्ने त आफ्नो ठाउँमा छ तर प्रगति गर्छु भन्नेलाई मिहिनेत वा सङ्घर्ष गरेमा पक्कै पनि सफलता हात लाग्छ भन्ने मान्यता राख्दछन् ।
रातोपुलमा रक हाउस क्याफे तथा पार्टी प्यालेसमार्फत् आफ्नो लामो समयका अनुभवहरु पस्किरहेका उनी यो क्याफे शान्त, रमणीय, प्राकृतिक वातावरण भएको र ग्राहकको चाहनाअनुसारका सम्पूर्ण खानाहरु उपलब्ध हुने पूर्ण स्वस्थ र हाइजेनिक खाना, खुल्ला किचन, अनुभवी सेफ र राम्रो हस्पिटालिटी भएको पारिवारिक वातावरणमा झरनाको कल–कल ध्वनिसँगै प्रकृतिक वातावरणमा रमाउन सकिने र रमाउन खोज्नेहरुका लागि उपयुक्त क्याफे हो भन्छन् । राजधानीमा एक मात्र सम्पूर्ण फलफूलको ग्राडेन भएको रेष्टुरेन्ट हो यो ।

नेपाली, इन्डियन, चाइनिज, सि फुड, कन्टिनेन्टल खाना नै आफ्नो क्याफेका विशेषताहरु रहेको बताउने सुमन फापर, कोदो, मकैको ढिँडो, लोकल कुखुरालगायतका परिकार पनि उपलब्ध गराउने बताउँछन् । त्यस्तै, यहाँ विवाह, व्रतबन्ध, शुभजन्मोत्सव, पास्नी, गुफाजस्ता भोजका साथै सभा–सेमिनारका लागि उपयुक्त हलको व्यवस्था पनि रहेको छ । ‘यहाँ आउने ग्राहकहरुले आफ्नो घरमा जस्तै निर्धक्क भएर खान सक्नुहुन्छ । यही करणले नै हामीले लामो समयदेखि ग्राहकको मन जित्न सफल भएका छौं’, उनले सुनाए । आफूकहाँ मात्र होइन जुनसुकै रेस्टुरेन्टमा जाँदा पनि ग्राहकले ध्यान दिनुपर्ने कुरामा स्वादसँगै खाने खाना हाइजेनिक छ कि छैन त्यसमा ध्यान पु¥याउन जरुरी छ भन्छन् । सुमन भन्छन्– ‘तपाईं गएको ठाउँको खाना कति स्वस्थ र हाइजेनिक छ, त्यसबारे अवश्य जानकारी राख्नुहोस् । सेवा–सुविधाभन्दा गुणस्तरमा ध्यान दिनुपर्छ ।’

‘हामी खानाको कारोबार गर्ने मान्छे यसको गुणस्तरमा ध्यान दिनुपर्छ’, उनी भन्छन् । खाना स्वस्थ र हाइजेनिक हुन जरुरी हुन्छ भन्ने मान्यता राख्ने उनी त्यसैकारण पनि लामो समयदेखि यो क्षेत्रमा स्थापित छन् । ‘हामीकहाँ आउने ग्राहकहरुको रुचिअनुसार हामीले सेवा दिँदै आएका छौं’, उनले थपे ।

जीवनमा देश–विदेशका अनेक आरोह–अवरोह पार गरेका उनले सफलताका लागि आफूले दिने सेवा–सुविधा स्तरीय, गुणस्तरीय हुनुपर्ने बताउँछन् । लामो समय विदेश बसेर त्यहाँको समृद्धि नजिकबाट नियालेका सुमन राजनीतिक अवस्थाले नै धेरै कुरालाई प्रभाव पार्ने जिकिर गर्छन् । देशको युवाशक्ति विदेशमा पसिना बगाउन बाध्य पारिन्छ जबसम्म, तब सम्म देश विकास हुन सक्दैन, देशको विकासमा लाग्नुपर्ने युवालाई विदेशमा पठाएर त्यसबाट आएको रेमिट्यान्सले क्षणिक लाभ त हुन्छ तर दीर्घकालीन रुपमा त्यसले देशलाई फाइदा पुर्याउँदैन भन्ने सुमन ‘हरेक मानिसले कामको उचित सम्मान देशमै पाओस्, सरकारले यो वातावरण सबैलाई उपलब्ध गराओस् अनि देश समृद्धतर्फ लम्किन्छ’ भन्छन् । आफू एक्लैले मात्र नभएर सामूहिक प्रयासबाट आज रक हाउस क्याफे तथा पार्टी प्यालेसलाई धेरैको रोजाइ बनाउन सफल भएको बताउने सुमन यसको श्रेय आफ्ना अन्य सञ्चालकहरुलाई पनि दिन चाहन्छन् । मिलापको पनि शुभकामना यस क्याफे तथा पार्टी प्यालेसलाई आगामी दिनमा अझ सफलता चुमोस् ।

 

यसमा तपाइको मत

अन्य समाचार