लुलो खुट्टाले साइकल चलाएर विश्व यात्रामा निस्किएका चित्र युरोपमा

काठमाडौं,
भाद्र २८ ।
अपाङ्गता असक्षमता होइन भनेर विश्व साइकला यात्रामा निस्केका चित्र पौडेलले अहिलेसम्म विभिन्न देशको भम्रण गरिसका छन् । दुर्घटनाका कारण बीचमा केही सुस्ताएको उनको यात्रा फेरि प्रारम्भ भएको छ ।

नेपालका पहिलो अपाङ्ग विश्व साइकलयात्री पौडेल यतिवेला युरोपमा छन् । अहिले उनको योजना भनेको युरोपका विभिन्न देशको देशको भ्रमण रहेको बताउँछन् ।

यात्रामा मुख्य कुरा आफ्नो समस्या भनेको आर्थिक रहेको बताउँने उनी सम्बन्धित देशका एन आर एनलगायतका संस्थाको सहयोग मिल्ने अपेक्षा राखेका छन् ।

पोलियो ग्रस्त कमजोर खुट्टा भए पनि आत्मविश्वास र शाहसका साथ नेपालको झन्डा बोकेर नेपाललाई विश्व सामु चिनाउने अठोट लिएका उनी मनमा दृढ आत्मविश्वास हुनेहो भने जस्तोसुकै चुनौती पनि पार गर्न सकिन्छ भन्ने कुराको गतिलो उदाहरण बन्नेका छन् ।

नेपाललाई विश्व सामु चिनाउने र विक्षिप्ततामा जीवन बिताइरहेकाहरूका लागि प्रेरणाको स्रोत बन्ने आफ्नो एकमात्र उदेश्य रहेको चित्र बताउँछन् ।

उनको शाहसीकदमको कदर गर्दै मिलाप मासिकले पनि उनको कभर स्टोरी बनाएको थियो यसअघि । चित्रको पुनः विश्व साइकल यात्राका लागि मिलाप परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ । उनको यो अभियानलाई हामीसवैले आ–आफ्नो ठाउँबाट सहयोग पुर्याउँ ।

यसमा तपाइको मत

अन्य समाचार