काठमाडौं,
भाद्र १६ ।
एम्स ईण्टरटेन्टमेन्टको आयोजनामा यही भाद्र ३१ गते शनिवारका दिन ललितपुरको रिंगरोड बागडोल स्थित बेखाज पार्टी भेन्युमा दशैं म्युजिक फेस्टिभ २०१७ को बृहत आयोजन भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक एम्स इन्टरटेन्टमेन्ट प्रा।लि।का संस्थापक अध्यक्ष स्वतन्त्र संसार महर्जनले जानकारी गराए ।
दशैं म्युजिक फेस्टिभ २०१७ कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुको जनचेतनामूलक साङ्गीतिक प्रस्तुति हुने जानकारी कार्यक्रम संयोजक रुपेन्द्र श्रेष्ठले सोही पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। ए टू जेड मोवाइल शप कीर्तिपुरको प्रस्तुति तथा एम्स इन्टरटेन्टमेन्टको आयोजनामा हुने यस बृहत दशैं म्युजिकल फेस्टिभ २०१७ मा चार प्रतिभावानलाई जनही नगद ७ हजार ७ सय ७७ रुपैया सहितको सम्मान पनि प्रदान गरिने भएको छ ।
यो बर्ष सम्मानित हुनेहरुमा चलचित्र वरिष्ठ पत्रकार विजयरत्न असंबरे, चलचित्र निर्माता तथा निर्देशक एवम् अभिनेता सुरेन्द्र तुलाधर, सङ्गीतकार सुमन कपाली र नेपाल मण्डल टेलिभिजनका प्रबन्ध निर्देशक भाईकाजी नयन महर्जन रहेका छन् ।






