काठमाडौं,
भाद्र ३ ।
गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार समेत रहेका हङकङ निबासी समाजसेवी यमकुमार (त्रिलोक)ले बाढी पीडितलाई ३ लाख सहयोग गरेका छन् ।
भूकम्प पछि हङकङबाट मात्र झण्डै एक करोड रुपैयाँ सङ्कलन गरेर भुकम्प पीडितलाई राहत तथा पुर्ननिर्माणका लागि उल्लेख्य भूमिका निर्वाह गरेका उनले विभिन्न स्थानमा आफैँ पुगेर समेत स्वयंसेवकको भूमिका निर्बाह गर्दै आएका छन् ।
एनआरएनए बाढी पीडित उद्दार कोष मार्फत तीन लाख रुपैया सहयोग गरेका उनी अबका केहि दिनमा आफैँ पनि नेपाल आएर उद्दार कार्यमा खटिने जानकारी गराएका छन् ।
गोर्खा एकता इन्टरनेशनल ग्रुप मार्फत् हङकङ र मकाउमा निर्माण र सुरक्षा क्षेत्रमा व्यवसाय गरिरहेका यमकुमार (त्रिलोक) गुरुङ गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार हुन् । एनआरएनए हङकङको दुई कार्यकाल अध्यक्ष भए पछि उनी एक कार्यकाल एसिया प्यासिफिकको संयोजक समेत रहीसकेका छन् ।






