काठमाडौं,
श्रावण ३१ ।
गत केही दिन देखि आएको अविरल वर्षाले देशको तराई मधेश भू–भागमा बाढीले आक्रान्त बनेको छ भने पाहाडमा पहिरोले । यो विपतको घडीमा सहयोगी मनहरु उद्धार तथा राहत कार्यमा जुटेका छन् ।
यस्तैमा नेपाल टेलिभिजनको हास्य शृङ्खला भद्रगोलका कलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाडे’, सागर लम्साल ‘बले’ हरिश निरौला ‘कोक्रोच’ले संयुक्त रुपमा बाढी पिडितको राहत स्वरुप रु. ५१ हजार सहयोग रकम घोषणा गरेका छन ।
यस्तै मेरी बास्सैका कलाकार दीपक अचार्य ‘बाङ्गे बा’ले पनि ब्यक्तिगत तर्फबाट रु. १० हजार दिने घोषणा गरेका छन। राहत स्वरुप बाढी पिडितलाइ सहयोग गर्न चाहेने जोसुकै पनि जिग्री पाडे प्रतिष्ठानको खाता नम्बर ०२१०६०११२९५९३०१२ ( कृषि बिकाश बैङ्क)मा रकम जम्मा गर्न सकिने छ ।
साथै फोन नम्बरः ९८४१०२६२६६ मा सम्पर्क गर्न सकिने भद्रगोलका कलाकार तथा ब्यबस्थापक जयराम कार्कीले जानकारी गराए ।






