काठमाडौं,
श्रावण २३ ।
नेपाल फेशन आईडलको यहि २५ गते बुधबार अडिसन हुने भएको छ । रशलाईट मिडियाको आयोजनमा हुन लागेको यो सौन्दर्य प्रतियोगिताको राजधानीमा अडिसन हुने भएको हो ।
आयोजकका अनुसार प्रतियोगिताको ललितपुरको भेल्भेट लन्ज झम्सिखेलमा अडिसन हुँदैछ । मोडलिङ क्षेत्रमा आउन चाहने युवायुवतीलाई लक्षित गरेर आयोजना भएको यस प्रतियोगिताको अहिले फर्म खुल्ला गरिको छ । १६ वर्षदेखी २९ वर्ष उमेर समुहका युवायुवतिले सहभागी हुन पाउने यस प्रतियोगितामा केटाको ५.५ फिट र केटीको ५ फिट उचाई हुनु पर्ने आयोजक संस्था रशलाईट मिडियाले जनाएको छ ।
यो प्रतियोगिताका विजेताले नगद २५ हजारसहित विज्ञापनमा खेल्न पाउने छन् । साथै विभिन्न आकर्षक उपहार तथा मोडलिङ सम्बन्धी अवसर प्रदान गरिने आयोजक संस्थाकी अध्यक्ष रमिता भण्डारीले जानकारी दिइन । उनका अनुसार प्रतियोगितामा सहभागीहरुलाई सञ्चार, एमसी, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन कक्षाका साथै अन्य मोडलिङ तथा विविध विषयमा प्रशिक्षण दिइने छ । थप जानकारी नेपाल फेशन आइडलको अफिसियल फेसबुक पेजमा हेर्न सकिनेछ ।






