‘झिल्का लिएर साँझमा’आए बुढाथोकी

काठमाडौं,
श्रावण २२ ।

वियोगी बुढाथोकीले ‘झिल्का लिएर साँझमा’ आएका छन् । कवि तथा मुक्तककार बुढाथोकीको पछिल्लो कृति मुक्तक सङ्ग्रह ‘झिल्का लिएर साँझमा’ बजारमा आएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य समेत रहेका उनकोे यो ११औँ कृति हो । आफ्नो ६३औँ जन्मदिनको अवसर पारेर उनले यो प्रकाशनमा ल्याएका हुन् ।

नेपाली साहित्यमा मुक्तक लेखनको विकासले गति लिइरहेको यस समयमा आएको वियोगीको मुक्तक सङ्ग्रहले विशेष महत्व राख्ने ठान्छन् नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राज्ञ डा. अमर गिरी ।
समालोचक डा. लक्ष्मणप्रसाद गौतम वियोगीका अधिकांश मुक्तकहरू मदिरा परिवेशसँग सम्बन्धित रहेको भए पनि ती बहुअर्थी हुनुका साथै आत्माव्यङ्युक्त विशेषताले भरपुर रहेको दाबी गर्छन् ।

वियोगीका यसअघि चार कविता सङ्ग्रह, एक काव्य, तीन गजल सङ्ग्रह, एक मुक्तक सङ्ग्रह र एक नियात्रा सङ्ग्रह प्रकाशित छन् । उनी ‘शिवपुरी सन्देश’ त्रैमासिक साहित्यिक पत्रिकाका सम्पादकसमेत हुन् । ‘झिल्का लिएर साँझमा’लाई बुक्सेलर, काडमाडौंले प्रकाशन गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार