काठमाडौं,
श्रावण २० ।
आगामी माघ १२ गतेबाट सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘व्वाईफ्रेण्ड’को बिशेष शो गरिएको छ । फिल्मीजुम फउण्डेशनको सहयोगार्थ विहिबार राजधानीको विएसआर मुभि बिजि मलमा विशेष शो गरिएको हो ।
फिल्मीजुम डट कमको आयोजनामा सम्पन्न भएको उक्त बिशेष शोबाट उठेको रकम फिल्मीजुम फउण्डेशन मार्फत लमजुङ जिल्लाका भुकम्प पिडीत बालबालिकाको शिक्षामा सहयोग गर्ने फिल्मीजुम डट कमकी सञ्चालक स्वस्तिका चिलुवालले बताइन् । ‘फिल्मी जुम डट कमले यसरीनै फन्टहरु कलेक्सन गरी बालबालिका तथा बृद्ध बृद्धाको क्षेत्रमा सहयोग गर्दै आईरहेको छ’, उनले भनिन् ।
निर्माता लायन कृष्ण खनालको निर्माण तथा मदन घिमिरेको निर्देशन तथा सुर्य बुढाथोकीको प्रस्तुती रहेको चलचित्र ‘व्वाईफ्रेण्ड’ हेर्न समाजका लब्ध प्रतिष्ठीत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । चलचित्र हेरेर निस्केका दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिए ।
युवा पिडिमा मौलाएको ब्वाईफ्रेण्ड र गर्लफ्रेण्ड बनाउनेमात्र नभएर अभिभावकले आफ्ना छोरा, छोरी प्रति व्यवास्था गर्दाको परिणाम कस्तो हुन्छ भन्ने बिषयलाई चलचित्रले आफ्नो कथा बनाएको छ ।
बुढाथोकी व्यानरमा निर्माण भएको यो चलचित्रमा सरोज खनाल, मोहन निरौला, मञ्जु श्रेष्ठ, पुष्कर रेग्मी, महिमा सिल्वाल, सोनाम थापा, श्यामकुमार मिश्र, पुजा थापा, सोभा भण्डारी, कृष्ण खनाल, शुक बहादुर बम्जन, पवन खनाल, लगायतको अभिनय रहेको छ भने अथिति कलाकारमा दिलिप ओखेडा, जानु अर्याल, प्रविण थापा रहेका छन् ।
मौनता श्रेष्ठको लेखन रहेको चलचित्रमा टंक बुढाथोकी, सोनाम शेर्पा, भोजपुरी गीतका सङ्गीतकार केके सिंहको सङ्गीत, छायाँकन कृष्ण श्रेष्ठ, शंकर महर्जनको द्वन्द्व र पुनम राई, राजेन्द्रकमल राईको नृत्य रहेको छ ।






