राजको ‘माटो’ विमोचित

 

काठमाडौं,
श्रावण ८ ।

गजलकार राज विर्सजनको गजलसङ्ग्रह ‘माटो’ विमोचित भएको छ । शनिबार राजधानीको कालिकास्थान सर्वनाम थिएटरमा एक समारोहबीच गजलसंग्रह माटोको विमोचन भएको हो । गजलकार पुष्पराज पौडेल, रुपक बनबासी, अमला अधिकारी र विवेक पिषालुले सँयुक्तरुपमा माटोलाई बिमोचन गरेका हुन् ।
विमोचन समारोहमा माटो प्रकाशन एवम् शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलले पछिल्लो समय गजल अन्तार्राष्ट्रिय करणहुँदै यसको व्यबसाय फस्टाएकाले आफुले निरन्तर गजलको पुस्तक प्रकाशन गर्दै आएको बताए ।
सङ्ग्रहका गजलमाथिको अन्तरक्रियामा अर्का गजलकार बाबु त्रिपाठीले सहजीकरण गरेका थिए । सो अन्तरक्रियाका क्रममा अमलाले राजका सङ्ग्रहका गजलहरुमा मध्य पश्चिमको माटोको स्वाद रहेको बताईन् । माटोसँग जीवनको सम्बन्ध दर्शाउँदै सँग्रहको नाम सान्दर्भिक भएको अमलाले प्रकाश पारिन् ।
यस्तै गजलकार रुपक बनबासीले राजको पहिलो प्रयास सफल रहेको बताउँदै सङ्ग्रहको गजलमा देश प्रेम, तल्कालिन समाजको विकृत, विसङ्गति, माया प्रेम, संयोग वियोग समिश्रण छ भने । यस्तै अर्का गजलकार विवेक विषालुले पनि सङ्ग्रहका गजल शसक्त भएको बताए ।
कार्यक्रममा लेखक राज विर्सजनले सङ्ग्रह भित्रबाट आधा दर्जन गजल सुनाएका थिए । उनले गजल सुनाउने क्रममा दर्शकहरुले ‘वान्स मोर’ भनेका थिए ।

 

यसमा तपाइको मत

अन्य समाचार