ईण्डिजिनियस टिभि च्यानलले सुरु गर्यो नेपालभाषाको कार्यक्रम

काठमाडौैं,
आषाढ १९ ।

ईण्डिजिनियस टिभि च्यानलले नेपालभाषाको कार्यक्रम सुरु गरेको छ । नेपाल एक बहुभाषी बहुलसंस्कुतिको धनी देशका रुपमा चिनिन्छ भने यहाँका आबिासी जनजातीहरुले बोल्ने भाषाहरुको संख्या पनि धरै छन् । त्यसरी बोलिने आदीबासी जनजातिका विभिन्न भाषा तथा कला–संस्कृतिको पहिचान दिने खालका टेलिभिजनको आवश्यकता महशुश गरिहेको अवस्थामा आदीबासी जनजातिको पहिलो टेलिभिजन च्यानलको रुपमा इन्डिजिनियस टेलिभिजन स्थापना भएको हो । यो टेलिभिजन प्रसारण शुरु भएपछि त्यसमा नेवालय नामक नेवार भाषाको कार्यक्रम दैनिकरुपमा प्रसारण शुभारम्भ गरिएको छ ।

जसको शुभारम्भ नेपालका हास्यसम्राटका रुपमा चर्चित हाँस्यअभिनेता मदनकृष्ण श्रेष्ठले काठमाडौंको बागबजारको सिटीम्याक्सहलमा आयोजित कार्यक्रममा आइतवार शुभारम्भ गरेका छन् । सो शुभारम्भ समारोहमा जनजातिका कार्यक्रमलाई मात्र विशेष रुपमा प्रसारण गर्ने उद्देश्यले इन्डिजिनियस टेलिभिजनको स्थापना भएको टेलिभिजनका संस्थापक मध्येका एक जगत दोङ्गले बताए । दोङ्गले बज्र क्रियशनको प्रस्तुतिमा नेवारभाषाको नेवालय कार्यक्रम हरेक दिनको साँझ ६:३० बजेदेखि ७ बजेसम्म प्रसारण हुने र त्यसको रेकर्ड प्रसारण विहान र दिउसो पनि हुने बताएका छन् ।

नेवालय कार्यक्रममा हरेक दिन फरक कार्यक्रम हुने जानकारी नेवालयका प्रस्तुतकर्ता बज्र क्रियशनका प्रमुख शैलेश डंगोलले बताए । शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठको अलावा नेपालभाषा आन्दोलनका प्रवद्र्धक मल्ल के सुन्दर, सङ्गीतकार अमरराज शर्माको साथमा पत्रकार तथा टिभिमा नेपालभाषाको पहिलो कार्यक्रम निर्माताका रुपमा चिनिने विजयरत्न तुलाधर, कलाकार सुरेन्द्र तुलाधर, खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य लगायतले जनजातिका कार्यक्रम टेलिभिजनमा आवश्यकता र महत्वका विषयमा गहन रुपमा बोलेका थिए भने सोही समारोहमा नेवालयसाग सम्बन्धित सबैलाई प्रमुख अतिथी मदनकृष्ण श्रेष्ठले खादा लगाएर शुभकामना दिएका थिए । यस्तै गरी सोही समारोहमा काठमाडौं महानगरपालिकाको वडा नं २९ का नव निर्वाचित जन प्रतिनिधीहरुलाई बज्र क्रियशनको तर्फबाट सम्मान पत्र सहित बधाई ज्ञापन पनि गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार