पूर्व अनेरास्ववियुका केन्दीय सदस्य तथा राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्ष पिताम्बर तिम्सिना पछिल्लो समय खेलकुद क्षेत्रको विभिन्न संघ–संस्थामा आवद्ध छन् । तेह«थुम जिल्ला खिम्ति हाल म्याङलुङ नगरपालिकामाजन्मिएका तिम्सिनाले एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति शुरु गरेका हुन् । नेकपा एमाले तेह«थुम–काठमाडौं सम्पर्क मञ्चको दुई कार्यकाल अध्यक्ष, कोशी अञ्चल समन्वय कमिटीको सचिव भइसेका युवा नेता पिताम्बर तिम्सिनासँग गरिएको कुराकानी
देशको वर्तमान राजनीतिक अवस्थालाई कसरी लिनुहुन्छ ?
देशको अहिलेको राजनीतिक अवस्था नेपालको मात्र होइन विश्वमै राष्ट्रियता र राष्ट्रिय अखण्डता, स्वतन्त्रता, मातृभूमिको जगेर्नाको लागि अपरिहार्य बन्दै गएको परिप्रेक्ष्यमा सोही अनुसार नेपाल पनि अछुतो रहेको छैन । राष्ट्रियताको जगेर्नाको तिम्ति त्यस अनुसार भूमिका निर्वाह गर्ने सवै राष्ट्रवादीको कर्तव्य हो । राष्ट्रवादी एकातिर अर्कोतिर राष्ट्रियतालाई ख्याल नगर्ने अर्कोतिर लागेको अवस्था छ । यसमा नेकपा एमाले लगायत राजनीतिक दलले राष्ट्रियताको जगेर्नाको लागि पहरेदारको काम गर्दैछ भने केही राजनीतिक दलहरु नेपाललाई ध्रुवीकृत गर्ने खेलमा दर्बिलो ढंगले लागि रहेका छन् ।
पहिलो चरणको स्थानीय निकायको निर्वाचनमा एमाले पहिलो पार्टी भए पनि तपाईंहरुले निर्वाचनमा धाँधली भयो भन्नुहुन्छ । खास कुरा के हो ?
स्वभाविक रुपले एमाले पहिलो चरणको निर्वाचनमा पहिलो पार्टी भयो । तर, यति मात्रले पुग्दैन थियो । निष्पक्ष र धाँधली रहित निर्वाचन भएको भए सत्ता गठबन्धनको असली हैसियत देखिने थियो । विडम्वना सत्तारुढ दलहरुले गरेका अनेकौं हथकण्डा, आपराधिक कार्यको प्रमाणहरु आइरहेका छन् । लमजुङ हेरौं, धादिङ हेरौं, चितवनको वारे त भनिरहनै पर्दैन । यि सामान्य उदाहरण हो । अबहुने दोस्रो चरणको निर्वाचनमा हामी १, ५ र ७ नं प्रदेशमा कांग्रेस र माओवादीलाई पाखा लगाउँदै छौं । या धेरै मतान्तरले आगाडि बढ्ने छौं । त्यो हेर्न धेरै समय कर्नुपर्ने छैन ।
सरकारले प्रदेश नं २ मा सरकारले निर्वाचन सा¥यो, यसलाई एमालेले कसरी लिएको छ ?
यो सरकारको अकर्मन्यता र नालायकीपनको ज्वलन्त उदाहरण मात्र हो । निर्वाचन आयोगले निर्वाचन गराउँछु भनेको थियो । सुरक्षा निकाय सुरक्षा दिन तयार छु भनेकै हुन् । प्रदेशमा शक्तिशाली राजनीतिक दलहरु निर्वाचनमा सहभागी हुन आतुर थिए । सरकारले अँध्यारो कोठाबाट निर्णय गर्दै निर्वाचन स्थगीत ग¥यो । यो एउटा डिजाइन मात्र भएको मैले महसुस गरको छु ।
राष्ट्रिय जनता पार्टीको आन्दोलनलाई यहाँले कसरी लिनु भएको छ ?
राजपाको यो कुनै आन्दोलन नै होइन । राजपा दिनदिनै यसरी फस्दै छ कि माकुराको जालोमा झिंगा जस्तो हुनेछ । जाल काटेर झिंगालाई निकाल्ने र उद्दार गर्न एमालेले मात्र सक्ने छ । यो हेर्दै जानुहोला । राजपाका कोषध्यक्ष लगायतका केन्द्रीय नेताहरु एमाले प्रवेशले त्यसलाई पुष्टि गर्छ ।
आगामी माघ ७ गतेसम्म स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन भइसक्नु पर्छ, तर प्रधानमन्त्री शेरबहादुर देउवाले सक्लान ?
शेरबहादुर देउवामाथि धेरै शङ्का छ । यो स्थानीय तहको निर्वाचन सम्पन्न गरिरहँदा हामी देउवाका क्रियाकलाप नजिकबाट नियाल्ने छौं । उनले निर्वाचन गराउन सक्छन वा सक्दैनन् ? निष्पक्ष हुन्छ या हुँदैन ? जनतालाई निर्वाचनको आभाष गराउँछन् या गराउँदैनन्, त्यो हेर्न बाँकी छ । तर हिजोको इतिहासलाई हेर्ने हो भने राजनीतिक दलको सरकारले गरेको निर्वाचन निष्पक्ष नभएको अनुभव हामीसँग छ । त्यसैले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन एमाले नेतृत्वमा मात्र सम्भव छ । एमालेले निष्पक्ष, धाँधली रहित र जनविश्वास हुने निर्वाचन गराउने छ ।
सरकारको क्रियाकलापलाई एमालेले कसरी लिएको छ ?
सरकारको बारेमा भन्दा लाज लाग्ने, हेर्दा डरलाग्ने, सुन्दा अचम्म र उदेग लाग्ने काम गर्ने सरकारका बारेमा धेरै के बोल्नु । जस्तो उदाहरण हेरौं, कैलाली घटना जिवीतै छ । तिन वर्षे वालक देखि प्रहरीका एसएसपी लगायत आठ जनाको हत्या गरेको घटना आलो छ । त्यो घटनाको सत्य तथ्य बाहिर न ल्याउँदै एक करोड ७४ लाख सम्मको क्षतिपूर्ति दिइनु कहाँ सम्मको राम्रो या नराम्रो काम हो ।
राजपाले संविधान संशोधनलाई प्रमुख माग बनाईरहेको छ, तर एमालेले मानेको छैन नि ?
यो राजपाको संविधान संशोधनको माग सिमित टाउकेको मात्र माग हो । मधेशका जनताले त्यसको कुनै माग गरेका छैनन् । मधेशी नागरिक समाज, बुद्धिजीवीले माग गरेका छैनन् । यि राजपाका टाउकेहरुले दुईमा माने चार माग्छन्, चार दिए आठ माग्छन्, फेरी आठमा पनि सहमति गर्दैनन् । त्यसैले स्वयं उनीहरु आफैमा सञ्चालित होइनन् भन्ने प्रमाणित हुन्छ ।
विगत केही समय यता एमालेलाई भारत विरोधी पार्टीका रुपमा लिइन्छ, खास कुरा के हो ?
हाम्रो पार्टी नेकपा एमालेको नवौं महाधिवेशनले छिमेकी मुलुकहरुलाई सद्भावपूर्ण रुपमा लिने निर्णय गर्दै भारत र चीन दुवै असल छिमेकी हुन् भन्ने निष्कर्ष निकालेको छ । स्वही अनुसार एमाले अगाडि बढेको छ । एमालेको भारत प्रति हेर्ने दृष्टिकोण सही हो भन्ने कुरा पूर्व राजदुत राकेश सुदले पनि स्पष्ट गरिसकेका छन् । त्यसैले चुनावी एजेण्डा बनाउँदै भारतको गुलामी गर्नेले मात्र एमालेलाई भारत विरोधीको विल्ला लगाएका हुन् ।
तपाईं एमालेको खेलकुद विभागमा रहेको हिसावले भन्नुपर्दा नेकपा एमालेको खेलकुद र खेलाडि प्रतिको दृटिकोण बताई दिनुहोस् न ?
एमालेको चुनावी घोषणा पत्र होस् या महाधिवेशनले पारित गरेको खेलकुद नीतिमा होस् स्पष्ट भनेको छ – खेलाडि राष्ट्रका गहना हुन् र खेलकुदलाई जीवनको अंग बनाउँनु पर्छ र खेल जगतले समाज परिवर्तनलाई सरल र सजग ढंगबाट गन्तव्यमा पु¥याउँछ ।







