नन्द ऋषि जैसी
काठमाडौं, चैत २० ।
विपतदमा परेका विद्यालय भवनहरु लाई सरकाले मात्र होइन नागरीकले पनि आफ्नो क्षेत्रबाट सकेजति सहयोग गर्नु पर्छ भन्ने मान्यतालाई आत्म साथ गर्दै लामो समय देखी शिक्षा क्षेत्रमा काम गर्दै आएको संस्था घाँसी आदर्श समाज नेपाल (घाँसी नेपाल) विनाशकारी भुकम्प पछि भत्किएका विद्यालय भवन पुनःनिर्माणमा लागि रहेको छ ।
विद्यालय भवन पुनःनिर्माणकै शिलशिलामा गोकणेश्वर न.पा.७ बालुवा गाँउ स्थित तारेभिर प्रा.वि. को विद्यालय भवन बौद्ध धर्मका धर्मगुरु तुल्कु छेएकीनिमा रिम्पोचे र गायनाको रुपमाचिनिने आनिछोइङ डोल्माले धार्मीक विधिअनुसार भूमी पूजा गरेर भवनपुनःनिर्माणको कार्यलाइ अगाडी बढाउनु भएको हो ।
उक्त अवसर धर्म गुरुहरुले राम्रा काममा सबैले साथ दिनु पर्ने भन्दै घाँसीले गरेको कामको प्रशंसा गर्नु भएको थियो । आनीले घाँसी नेपालको विद्यालय भवन पुनः निर्माणको लागी सहयोग गरिरहनु भएको छ । उक्त विद्यालय भवन गत वर्षको महाभूकम्पबाट भग्नावशेष रुपमा परिणत भएको थियो । लामो समय पछि घाँसी नेपालको पहलमा भवन पुनः निर्माण हुन लागेकोमा स्थानीय बासिन्दा र विद्यार्थीले खुशी व्यक्त गरेका थिए ।
भूमीपूजामा सरिक गुरु तुल्कु छेएकीनिमा रिम्पोचे, तथाआनिछोइङ डोल्मालाई स्वागतगर्दै घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरेले सबैको सहयोगले नै पुनःनिर्माण अभियानले गतिलिन सकेको बताउनुभएको थियो ।






