घाँसी नेपाललाई सुइडेनको सहयोग

काठमाडौं,
चैत १७ ।
घाँसी नेपालले गरिरहेको विद्यालाय पुर्न निर्माणमा सहयोगीहरुले सहयोग पु¥याउने कार्य गरिरहेका छन् । केही दिन अघि मात्र आनि छोइङ डोल्माले आर्थीक सहयोग गरेकी थिइन भने कृषि क्षेत्रलाई प्रविधिकरण गर्न निकै अगाडि बढेका नेपाली युवा शिव ज∙चौलागाई मार्फत स्माइल सुइडेन र इन्टरनेशनल स्कुल अफ लब्जेम्बर्गले विद्यालय भवन पुनःनिर्माण अभियानलाई सहयोग स्वरुप घाँसी नेपालको कार्यलयमै पुगेर आर्थिक सहयोग गरेको छ ।


स्माइल सुइडेन र इन्टरनेशनल स्कुल अफ लब्जेम्बर्गले घाँसी नेपालको विद्यालय भवन पुनःनिर्माण अभियानको लागी रु. १३,००,००० सहयोग गर्ने जनाय पनि पहिलो किस्ता स्वरुप रु ६५०,००० को चेक घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरे लाई हस्तान्तरण गर्दै चौलागाईले आज सम्मको गतिविधि र भाविष्यमा घाँसी नेपाललाई गरिने सहयोग प्रत्यक्ष जनसमुदाय माझ पुग्ने भएकोले सहयोग गर्न पुगेको बताए ।
उक्त चेक ग्रहण गर्दै अध्यक्ष घिमिरेले सहयोगी हातले गरेको सहयोगले घाँसी नेपाललाइ उर्जा प्राप्त भएको छ भने अर्को तिर अझै जिम्मेवारी बोध गराएकोले घाँसी नेपालको यो अभियान अझै फराकिलो र छरितो हुने छ भन्दै सहयोगी हरुको सहयोग सहि ठाँउमा सदुपयोग हुनेमा विश्वास व्यक्त गरे । घाँसीनेपालको कार्यालय सानेपामा संस्थाका संञ्चालक समितिका कोषक्ष्य विष्णु भट्ट, सदस्य चन्द्रमान तामाङ राज कुमारी तामाङ घिमिरे लगाएतको उपस्थितीमा चेक हस्तान्तरण गरिएको थियो ।
घाँसी आर्दश समाज नेपाल (घाँसी नेपाल) स्थापना काल देखी नै शिक्षा क्षेत्रमा काम गर्दै आएको एक गैर नाफा मुलक सामाजिक संस्था हो । जुन सँस्थाले आजका दिन सम्म शिक्षा क्षेत्रमा धेरैकाम गरिसकेको भए पनि २०७२ साल बैशाख १२÷२९ गतेको महामूकम्प पछि देश भरिमा भूकम्पबाट प्रभावित भएर विध्यार्थीको जनजिवनमा नराम्रोसँग परेको असरलाइ सकेजति सहयोग गर्न लागी परेको छ ।

करिव २०० वर्ष अगाडि अरुको घरमा घाँसी गोठालो गर्दै पेटपाल्ने तर आफुले खाएर बचेको केही अंशबाट तिर्खाएका बटुवाहरुलाई पानी खुवाउने उद्देश्यले बाटो बाटोमा कुवा खनाउने घाँसीको आर्दशमा आधारीत सामाजिक संस्थाले आजका मिति सम्म आइपुग्दा संस्थाको उद्देश्य अनुसार शिक्षा क्षेत्रमा निकै राम्रो काम गरेको देखीन्छ ।
विद्यालय भवन पुन ःनिर्माण कार्यलाई अभियानकै रुपमा घाँसी नेपालले अघिसारेको छ । जुन अभियानमा अभियान्ताकै रुपमा महानायक राजेश हमालको प्रत्यक्ष संलग्नता रहेको छ । स्वच्छ भावनाले सामज सेवा गर्ने सामाजिक संस्था भएको ले विभिन्न सहयोगी मनहरुले स्वदेश तथा विदेशबाट सहयोगी हात बढाइ रहेका छन् । पुनःनिर्माण अभियानले गति पाएको कार्यक्रम संयोजक शंकुप्रसाद जैसीको भनाई छ ।

यसमा तपाइको मत

अन्य समाचार