काठमाडौं
फागुन ७ ।
नायिका तेजुला खतिवडाले लगन गाँठो कसेकी छन् । उनी फागुण ७ गते शनिबार बिर्तामोड निवासी सुमन राज वस्नेतसँग बिवाहबन्धनमा बाँधिएकी छन् ।
वस्नेत कानुन ब्यवसायी भएपनि हाल ब्यापारको सिलसिलामा जापान वस्दै आईरहेका छन् ।
राजधानीको कुण्डलिनी दरबार ब्याङ्क्वेटमा सम्पन्न बिवाह कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका नयाँ, पुराना कलाकारका साथै समाजका प्रतिष्ठित ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।
तेजुलाले द मोष्ट वान्टेड, जष्ट फर युलगायतका चलचित्रमा अभिनय गरेकी छन् ।






