जीतपुर क्याम्पसको सहयोगार्थ मेला

काठमाडौ ।
माघ ५
कृषि, पर्यटन र व्यापार सम्मुन्नत जीतपुरको आधार भन्ने नाराका साथ जीतपुर क्याम्पस जीतपुरको सहयोगार्थ धनकुटाको अर्खैले जीतपुरमा वसन्त पञ्चमी मेला २०७३ हुने भएको छ ।

कृषि,पर्यटन र ब्यापारको राम्रो सम्भावना बोकेको केन्द्रहरू मध्य पुर्बान्चल बिकास क्षेत्र धनकुटा जिल्लको अर्खौले जितपुर पनि एक हो।यस क्षेत्रमा एनटिआइएसमा समावेश १९ वस्तुहरु मध्य सबभन्दा बढी रुद्राक्ष, अलैंची, चीय, अदुवा, अम्लिसो, नुडल्स, स्वास्थ्य शिक्षा, लोक्ता, सुगन्धित तेल तथा विभिन्न फलफूलहरु पाइन्छन।

यस क्षेत्रबाट सजिलैसँग नियाल्न सकिने मकालु हिमाल, अरुण उपत्यका, भोजपुरको ट्याम्के डाडा, याख्खा छुम्बा मन्दिर, टुराग जंगल भित्र अवस्थित टुराग देबिथान मन्दिर साथै माङमाइ खोला र लक्ष्मी खोलाको बिचमा रहेको यस अर्खौले जीतपुर बजारबाट बाह्रै महिना चिसो सिरेटोको आभास गराउने मकालु हिमालसंग लुकामारी खेलेर कहिल्यै नथाक्ने अत्यन्तै मनमोहक ठाउँ अर्खौले जितपुर कृषि पर्यटन र ब्यापारको लागि अति उत्तम स्थल मानिन्छ।
यहि सुन्दर रमणीय ठाउँ भित्र एउटा शैक्षिक मन्दिर छ,जितपुर क्याम्पस जितपुर।सोही क्याम्पसको ब्यवस्थापन सहयोगार्थको लागी जितपुर बजार ब्यवस्थापन समिती र गाउँ खेलकुद बिकास समिती जितपुरले श्री वसन्त पन्चमी मेला२०७३ नामक मेलाको आयोजना गरिएको र मेला १४ गते देखि १९ गतेसम्म हुने कार्यक्रमका सम्योजक कुसुम तुम्बाले बताए।
कार्यक्रमका सम्योजक कुसुम तुम्बाका अनुसार कार्यक्रममा विभिन्न खेलकुद, सांस्कृति तथा मनोरञ्जन साथै राष्ट्रिय स्तरका कलाकरहरु राजेश पायल राई, तुलसी पराजुली, गंगा बर्धन, बिनोद खम्बु, राम रेप्चुङ्ग राई, राकेश किराँती, अमृता लिम्बू, हेमु स्मृति चोङ्वाङ र हास्य कलाकार नारद खतिवडा साथै फन फ्युजन डान्स सेन्टर धरान र स्थानीय कलाकारहरुको प्रस्तुति दिने छन् भने कार्यक्रमको याङ्जोम शेर्पा र बिनोद ढकालले संचालन गर्ने छन्।

यसमा तपाइको मत

अन्य समाचार