काठमाडौं ।
फोर एस मिडिया प्रा. लि. को आयोजना र विश्व साइकलयात्री चित्र पौडेलको संयोजकत्वमा फागुन १७ गते चितवनको सौरहामा विविध सांस्कृतिक कार्यक्रमको आयोजना हुदैछ। चितवनका अपांगता भएका बालबालिकाको शैक्षिक विकासको सहयोगार्थ सो कार्यक्रम आयोजना हुन गइरहेको हो।
अपांगताको क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्दै आउनुभएका उक्त कार्यक्रमका संयोजक चित्र पौडेल अपांग व्यक्तिहरूका लागि प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँ नेपालको पहिलो विश्व साइकलयात्री पनि हुनुहुन्छ। उहाँकै संयोजकत्वमा हालै ‘डिफ्रेन्टली एबल्ड आइडल’ सम्पन्न भएको छ।
थारु कल्चर हाउस, सौरहामा दिउँसो ३ बजे देखि सुरु हुने कार्यक्रममा कलाकारहरू रिमा गुरुङ्ग होडा, सिताराम पोख्रेल, शिव वि. क., ज्योति मगर, वसन्ता प्रकृति, रोमा न्यौपाने र प्रथम डिफ्रेन्टली एबल्ड आइडल विजेता रमेश खत्रीको विशेष प्रस्तुति रहनेछ।






