मिस एण्ड मिसेस बिउटिफुल नेपाल २०१६का प्रतिस्प्रधा अन्तिम चरणमा

काठमाडौं ।
नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाई स्थापित गर्न दक्ष्य इन्टरटेनमेन्ट प्रालिले ‘मिस एण्ड मिसेस बिउटिफुल नेपाल २०१६’ को ग्रान्ड फिनाले यहि आउदो पौष २७ मा काठमाडौंको राष्ट्रिय नाच घरमा सम्पन्न गर्ने भएको छ । ‘मिस एण्ड मिसेस बिउटिफुल नेपाल २०१६’ मा अहिले मिस ब्यूटीफूल र मिसेज ब्यूटीफूलको धमाधम प्रशिक्षण भइरहेको दक्ष इन्टरनेशनल प्रा.लिका प्रबन्ध निर्देशक टेकराज पाण्डेले बताए । अहिलेसम्म युवती तर्फ २० जना र विवाहित महिला तर्फ ७ जनाले अन्तिम चरणमा प्रवेश पाइसकेका छन ।

प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरु आत्माबल बढाउन सहयोग पुर्याएको कुरा आयोजक पाण्डेले बताए । प्रतियोगीहरु प्रतिस्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरु लाइ उपयोग गर्न सबै अहिले ट्रेनीङमा मेहनतका साथ लागि परेका छन् र ताज आफ्नो हातमा पार्नको लागि पनि कडा मेहनतका साथ आफ्नो प्रतिभालाइ निखारता दिदै छन् ।
कोरियोग्राफर आस्विनी झाले कोरियोग्राफ्री गरिरहेको ‘मिस एण्ड मिसेस बिउटिफुल नेपाल २०१६’ सौदर्य परियोगिता दक्ष्य इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको हो । कोरियोग्राफर आस्विनी झा यस सौन्दर्य प्रतियोगीताले नेपाली युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफुसँग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा बिस्वस्त छन् ।

यसमा तपाइको मत

अन्य समाचार