सामाजिक सञ्जालका भ्रमहरू

अरुण बुढाथोकी

 

इन्टरनेटको प्रकृति डुअलिस्टिक छ । यो अझै एक खतरनाक ठाउँ हो तर यो एक अवसरले भरिएको संसार हो । सामाजिक मिडियामा लाखौ“ मानिसहरु धेरै घण्टाका लागि प्रत्येक दिन नेटवर्किङ साइटमा आफ्नो समय खर्च गर्छन् । सामाजिक मिडियाको मुख्य उद्देश्य भनेको जानकारी र मनोरञ्जनका लागि हो अनि यसले मान्छेलाई एक–अर्कासँग जोड्ने कार्य गर्दछ । २१औँ शताब्दीमा सहस्र संस्कृतिमा एक तीव्र वृद्धि देखिएको छ र बदमासी, उत्पीडन र ट्रोलिङका लागि सामाजिक मिडियाले प्रतिष्ठा कमाएका छन् । सामाजिक मिडियाको पहिलो भ्रम भनेको अनोयिमिटी हो । कहिलेकाही“ आफ्नो जीवन खतरामा हुन्छ वा आत्मसुरक्षाका लागि आफ्नो पहिचान प्रकट गर्न सक्दैन । त्यस्तै, कतिजना अज्ञात हुन चाहन्नन् । अज्ञात हुनमा मानिसहरुको अन्य कारण हुन्छन् । यद्यपि, हुल्याहरु र त्रोल्लस हुन्छन्, जसले जिन्दगीमा असर गर्दछ । त्यसैले तपाईं लोकप्रिय सामाजिक मिडिया साइटहरु प्रयोग गर्नुहुन्छ भने तपाईंले व्यक्तिगत आक्रमण भोग्नुपर्छ र तपाईंलाई जो–कोहीले लेबल गर्नेछन् । यो भ्रम अद होमिनेम हो– एक व्यक्तिको तर्कप्रति होइन तर ऊमाथि उसको संसार हेर्ने सोचाइलाई केन्द्रित हुन्छ (एक तर्क वा प्रतिक्रिया) ।
प्रायः ट्विटरमा तपाईंले आफ्नो दृष्टिकोण व्यक्त गर्न सक्नुहुन्छ वा १४० शब्दमा आफूलाई रक्षा गर्न । तर, मानिसहरुले मलाई चकित पारेका छन् । किनभने आजकल जो–कोही ट्विटमार्फत् आक्रमण गर्न खप्पिस भएका छन् ।
मैले एउटा साथीलाई यो बानीबारे सोधेको थिएँ र उत्तरमा उसले भनेको थियो– ट्विटर भनेको त्यस्तो संसार हो, जहाँ एक भीडले भरिएको सडकमा उभिएर ठूलो स्वरमा चिच्याउनु र कसैले सुन्न र तपाईंको सराहना गर्लान् कि भन्ने आशा हुन्छ रे ! सामाजिक मिडियाको राय के हो भने तपाईंले आफ्नो बुद्धि प्रमाणित गर्ने ठाउँ हो रे ! र आफै“लाई मूल्यवान् हो भन्ने महसुस गर्ने ठाउँ हो रे ! यद्यपि मानिसहरु दैत्य (ट्रल्लड) हुन्छन् । हेपिन्छन् र पीडा सहन्छन् तर पनि मानिसहरु सामाजिक मिडिया प्रयोग गर्न छोड्दैनन् । यो एकदम चाखलाग्दो कुरा हो । दोस्रो भ्रम भनेको ‘फेअर ओ मिसिङ आउट’ हो । सामाजिक सञ्जाल साइटमा सामेल भएका मान्छेका लागि मुख्य डर भनेको तिनीहरुले भर्चुअल संसारमा भाग लिन सक्षम हुनसक्नु भन्ने भय छ । हामीले खानाको तस्वीर राख्ने, गएको ठाउँमा चेक–इन गर्ने र अरुलाई हामी अझै पनि जीवित र सान्दर्भिक छौँ भन्नका निम्ति चाहिने÷नचाहिने अद्यावधिक गर्ने प्रवृत्ति एक प्रकारको भएको छ । तर, सन्देहपूर्ण छ किनभने हालको अध्ययनअनुसार एक व्यक्तिको अनलाइन मित्र वास्तविकतामा १५० जना मात्र हुन सक्छन् रे ! र, वस्तुतः केवल ४ अफलाइन साथी हुन्छन् रे ! यो धुमिल तस्वीरले के दर्शाउँछ भने हामीले सबै कुरा अनलाइनमा राख्नुपर्छ र यसले अप्रासङ्गिक मात्रमा हाम्रो आत्मगौरव बढाउँछ ।
सामेल हुने र सामाजिक मिडिया छोड्ने प्रवृत्ति सन्तुलित छ । कसैले यसको दुरुपयोग गर्छन् त यसको महत्व र साँचो प्रकृति बुझ्नेले सदुपयोग गर्छन् । यहाँ प्रश्न के छ भने, हामीले साँच्चै सबै कुरा अनलाइन राख्नुपर्छ र ? सामाजिक मिडियाले हाम्रो अस्तित्व प्रमाणित गर्छ र ? जन्मदिन वा पार्टीहरुको फोटो राखेको जस्तै ? जवाफ हो अनि होइन पनि । त्यहाँ अनलाइन आनन्द साझेदारी वा सायद अरुलाई आफ्नो महान् जीवन छ भनेर देखाउन र डाह बढाउन त्यस्तो गर्छन् । जसले आफ्नो जीवन निजी राख्न चाहन्छन् तिनीहरुले निन्दा खाने सम्भावना हुन्छ । तेस्रो भ्रम भनेको एक व्यक्तिगत मान्यता पाउने भ्रम हो । जुन मैले माथि छलफल गरेको छु । यो भ्रम अनलाइन पहिचानको चाहना हो । संसारको प्रौद्योगिकी विकाससँगै मानिसहरु भर्चुअल संसारको अधीनमा फसिसके । बहुराष्ट्रिय कम्पनी भारी व्यापार र पहिचानको मुख्य रुपमा सामाजिक मिडियामा निवेश गरेका छन् । यो प्राविधिक दिग्गजले हामीलाई विशाल तरिकामा मद्दत गरेको अस्वीकार गर्न सकि“दैन । तर, एकै समयमा हाम्रो पहिचान अनलाइन भण्डारण गरिएको छ, प्रयोग भइरहेका छन् र कुन उद्देश्यका लागि हो भने निश्चित छैन । एक अफलाइन रहने हो भने त्यस व्यक्तिलाई निगरानी गर्ने (धेरै देशहरुमा) भएको छ । तसर्थ, हामी मानिसहरुलाई अब चाहेर÷नचाहेर हाम्रो आफ्नै अनलाइन उपस्थिति छ । हामी केवल कल्पना गर्न सक्छौँ कसरी जटिल सामाजिक मिडिया भविष्यमा हुनेछ भनेर । यो बहस भने लायक छ । सोसियल मिडिया कत्तिको जरुरी छ वा हामीले यसलाई अन्त्य गर्नु उचित छ वा यसको प्रयोग कति गर्न सकिन्छ । मैले भर्खरै मेरो इन्स्टाग्राम र गूगल प्लस खाता मेटाएँ । जसरी मैले हाई फाइभ र अर्कुट धेरै वर्षअगाडि अप्रासङ्गिक भएकोमा पूरा रुपमा मेटाएको थिएँ । मेरो एक केटी साथीले सोधिन्– किन त्यस्तो गरेको भनेर, म सहमत छु, ममा फेअर ओफ मिसिङ आउट छ भनेर । तर, म मेरो समय लगानी गर्न अफलाइनमा कोसिस गर्दैछु । धेरै समय असङ्ख्य अनलाइन मानिसको उपस्थिति बिताउनुभन्दा र मान्यता प्राप्त गर्नुभन्दा म अरु कुरामा समय बिताउन चाहन्छु । संसारमा सोसियल मिडियाभन्दा अरु धेरै कुरालाई ध्यान पु¥याउन जरुरी छ ।
सामाजिक सञ्जालमा ब्ल्याकमेलिङदेखि एमएमएससमेत बनाइएका घटनाहरु धेरै पुराना होइनन् । स्कुल पढ्ने छोरा–छोरी जान–अनजानमै खासगरी फेसबुकका कारण पढाइ छोडेर घरजम गर्नतिर लागेका मात्र होइनन्, नचिनेकासित घरजम गर्न खोज्दा प्रताडित बन्न पुगेका घटनाले सबैले सामाजिक सञ्जालको प्रयोगमा सतर्कता अपनाउनुपर्छ । यतिमात्र नभएर, न्युडिटी पनि फेसबुकको नराम्रो पक्ष रहेको छ । यसलाई फेसबुकले प्रोत्साहन नदिए पनि फेसबुकमा न्युडिटी चलिरहेछ । यसले युवावर्गलाई दिग्भ्रमित पारिरहेको छ । यस्तै, यसको एउटा अति नै नकारात्मक पक्ष हो– कुलत । सामाजिक सञ्जालको दुरुपयोग होइन, सदुपयोग गर्नतर्फ लाग्नुपर्छ ।

यसमा तपाइको मत

अन्य समाचार