नक्सालमा ‘सजिनाज् क्रियसन’ बुटिक

काठमाडौं,
भाद्र २६ ।

राजधानीको नक्सालमा ‘सजिनाज् क्रियसन’ बुटिक खुलेको छ । बिहिबार अभिनेत्री बर्षा राउतले उक्त बुटिकको उद्घाटन गरेकी हुन् ।

रिवन काटेर ‘सजिनाज् क्रियसन’ बुटिकको उद्घाटन गरेकी अभिनेत्री राउतले यो बुटिकको बिषेशता आफुलाई मन परेर जोडिएको बताइन् । ‘क्रियसनकी सञ्चालिका सजिना बिष्टसँग फ्यामिलीगत रिलेसन पनि क्रियसनसँग जोडिनुको अर्काे कारण रहेको उनले खुलाइन् ।

कुर्था, लेहेङ्गा, सारी आफ्नो बिषेश मनपर्ने पहिरन भएको बताएकी बर्षाले ‘सजिनाज् क्रियसन’ले पनि यस्ता पहिरनलाई बिषेश महत्व दिएकोले खुसी ब्यक्ति गरिन् । उनले थपिन् ‘सेलिब्रेटीको रोजाइमा पर्ने र उनीहरुले लगाउने सबै पहिरन यो बुटिकमा रहेछ । मेरो मात्र होइन धेरै सेलिब्रेटीका लागि पनि यो उपयुक्त बन्ने छ ।’

धेरै फेसन शो र बिभिन्न सौदर्य प्रतियोगितामा समेत ड्रेस डिजाइनरको भुमिका निर्बाह गरिसकेकी सजिना बिष्टले दैनिक प्रयोगमा आउने क्याजुअल, ब्राइडल, इन्डोवेस्टन, गाउँनलगायतका पहिरनलाई बुटिकले प्राथमिकता दिएको बताइन् ।

‘नेपाली फिल्म, म्युजिक भिडियो, फेसन शोलगायत जुनै प्रकारको प्रायोजनका लागि नयाँ र आकर्षक पहिरन डिजाइन गर्न हामीलाई आपती छैन’ सजिनाले भनिन् ‘यो मेरो अध्यायन र सौखको बिषय पनि हो ।’ अध्यायन र सौखको बिषय बुटिक मार्फत ब्यवसायमा बदल्न लागेको उनको भनाई थियो ।

‘बुटिक फेसन’ भन्ने वित्तिकै ‘महँगो होला’ भन्ने बुझाइ आम मानिसमा छ । तर, त्यसलाई हामी चिर्न चाहन्छौँ’ बिष्टले थपिन् सर्वसाधारणको समेत पहुँच पुग्नेगरी ‘सजिनाज् क्रियसन’ सञ्चालनमा ल्याइएको हो ।’

बिष्ट नेपाल इन्चिच्युट अफ फेसनको २०१४की फष्ट सेसन बिजेता बिद्यार्थी हुन् । बुटिककमा ढाकाका पहिरनलाई पनि आफुले बिषेश प्रथामिकतामा राखेको उनले सुनाइन् ।

यसमा तपाइको मत

अन्य समाचार