यसरी बचौ डेंगुबाट

काठमाडौं,
भाद्र २५ ।

यतिवेला मुलुकभर डेंगुको त्रास छ । डेंगु रोग एक प्रजातिको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो । यो रोग एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेबाट सर्छ, जसले दिउँसो मात्र टोक्छ । डेंगु रोग डेंगु भाइरसका कारणले हुनेगर्छ ।

समयमै उपचार गरे डेंगु निको हुने र आत्तिहाल्नुपर्ने अवस्था नरहेको चिकित्सकहरु बताउँछन् । डेंगुबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट टाढा रहनुपर्छ । देशभर डेंगुको प्रकोप बढेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण महाशाखामा बिरामीको चाप बढेको छ ।

डेंगु भएको कसरी थाहा पाउने ?
– एक्कासी उच्च ज्वरो आउनु ।
– लगातार ५ देखि ७ दिनसम्म ज्वरो आउनु ।
– असाध्यै टाउको दुख्नु ।
– आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु ।
– ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु ।
– शरीरमा बिमिरा आउनु ।

डेंगुबाट यसरी बच्नुहोस्

– डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्छ ।
– पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम   नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्छ ।
– पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ ।
– कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक-दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने ।
– फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्नुपर्छ ।
– एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने    लुगा लगाउनु पर्छ ।
– सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ ।
– लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ ।
– घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
– घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।

यसमा तपाइको मत

अन्य समाचार