अनुपविक्रम र आँचल फिचर्ड ‘तिम्रो शहर…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
भाद्र २५ ।

नायक अनुपविक्रम शाही र नायिका आँचल शर्मा फिचर्ड ‘तिम्रो शहर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका सहिमा श्रेष्ठको स्वर रहेको गीतमा दीपक शर्माको सङ्गीत तथा अमर बान्तुको शब्द रहेको छ ।

चलचित्र निर्देशक बसन्त निरौला निर्देशित तथा पवित्रा आचार्यको कोरियोग्राफी रहेको गीतको भिडियोमा अनुपलाई भेट्न आँचल अनुपको शहर आएको प्रसङ्ग उल्लेख गरिएको छ । दिव्य सुवेदी सिनेमाटोग्राफर रहेको यस भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार