पारु रंजितको स्वरमा ‘यो पिर ब्यथा…’ (भिडियोसहित)

काठमाडौं,
भाद्र २३ ।

पारु रंजितको स्वरमा रहेको गीत ‘यो पिर ब्यथा…’ सार्वजनिक भएको छ । सुमन रानाको शब्द, देव पुनको सङ्गीत र बिष्णु अधिकारीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

कमल राईले निर्देशन गरेको गीतको भिडियोमा नायक धिरेन शाक्य र रेनुका सिटौलाको अभिनय रहेको छ । शिव ढकालको छायाँकन रहेको भिडियोलाई विनोद चौधरीले सम्पादन गरेका छन् ।

‘यो पिर ब्यथा गीत राम्रो रहेको र गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट रहेको छ, मेरा अन्य गीत जस्तै यो गीतले पनि दर्शक/स्रोताको साथ पाउनेमा आशावादी छु’, गायिका पारुले भनिन् ।

यसमा तपाइको मत

अन्य समाचार