भाद्र २७ देखि पाँचौ कीर्तिपुर महोत्सव हुँदै

काठमाडौं,
भाद्र २३ ।

यही भाद्र २७ गते देखि पाँचौ कीर्तिपुर महोत्सव हुने भएको छ । नेपालीहरुको महान् चाड बडा दशैँको अवसरमा पर्यटकिय नगरी कीर्तिपुरमा ‘पाँचौ कीर्तिपुर महोत्सव २०७६’ सुरु हुने भएको हो ।

सामाजिक कार्य, म्युजिक अवार्ड तथा औधोगिक ब्यापार मेला महोत्सब गर्दै आएको औद्योगिक शान्ति नेपाल संस्था तथा नयाँ बजार क्लब, राजकमल महर्जन तथा शशिर महर्जनको सँगको संयुक्त आयोजनामा पाँचौ कीर्तिपुर महोत्सव २०७६ आयोजना गर्न लागिएको बताइएको छ ।

असोज ८ गते बुधबार सम्म हुँने महोत्सवमा कीर्तिपुरका देवी–देवता नृत्यसहित परम्परागत नृत्यहरु प्रस्तुत गरिने छ ।
विविध सांस्कृतिक कार्यक्रमहरु समावेश रहेको महोत्सवमा कीर्तिपुरका संस्कृति र परम्परा झल्कने प्रस्तुतिहरु समावेश गरिदै छ ।

मनोरञ्जनात्मक खेलहरु, परम्परागत नेवारी परिकारहरुको ‘फुड फेष्टिवल’ पनि रहेन मेलामा एक सय पचास भन्दा धेरै स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ता, कृषि तथा हस्तकलाका समान, भाडाकुडा, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरीअटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुनुका साथै मेलामा बिक्री वितरण गर्न राखिएको समानहरु मा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था रहेको जानकारी ब्यबस्थापन कमिटीले गराएको छ ।

पाँचौ किर्तिपुर महोत्सव २०७६ मा करिब ३ देखि ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेला मा चार दर्जन भन्दा धेरै राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्शन गरी उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिने आयोजकले जनाएको छ । महोत्सवमा बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहने छन् ।

औद्योगिक शान्ति नेपाल संस्थामा अध्यक्ष सन्दिप महत, उपाध्यक्ष राजकुमार खड्का, महासचिव शंकर गुरुङ, कोषाध्यक्ष प्रितम मल्ल, कलाकार संयोजक सूर्य चन्द, कार्यालय प्रमुख विनोद जयसवाल रहेका छन् भने कलाकार तथा स्टेज ब्यबस्थापन राकेश महर्जनको रहको जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार