आज चिनियाँ विदेशमन्त्री आउँदै

काठमाडौं,
भाद्र २२ ।

आइतबार (आज)बाट नेपाल भ्रमणमा चिनियाँ विदेशमन्त्री वाङ यी आउँदै छन् । चार वर्षको अन्तरालमा चिनियाँ विदेशमन्त्रीबाट यो भ्रमण हुन लागेको हो ।

विदेशमन्त्री वाङले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग सोमबार द्विपक्षिय छलफल गर्नेछन् । नेपाल र चीनबीच राजधानीमा हुने प्रतिनिधिमण्डल स्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने बताइएको छ ।

आइतबारदेखि मंगलबारसम्म नेपालमा बस्ने विदेशमन्त्री वाङले सोमबार नै राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी पाकिस्तानको इस्लामावादबाट सोझै काठमाडौं आउन लागेका हुन् । वाङ शनिबार इस्लामावाद पुगेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार