‘मारुनी’को ‘हाने मैले झटारो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
भाद्र ८ ।

यही भाद्र १३ गतेबाट देशभरका सिनेमाघरमा आउन लागेको ‘मारुनी’मा रहेको तेस्रो गीत सार्वजनिक भएको छ । चलचित्रको ‘हाने मैले झटारो…’ बोलको गीत सार्वजनिक गरिएको हो ।

अन्जु पन्त र कृष्ण काफ्लेको स्वर रहेको यो गीतमा पुरुषोत्तम ढुंगेल र कृष्ण काफ्लेको शब्द, कृष्णकै सङ्गीत रहेको छ ।गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक पुष्प खड्का र नायिका रेविका गुरुङलाई फिचरिङ गरिएको छ ।

चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छिन् । पूनम गौतमको निर्माणमा बनेको चलचित्रलाई नवल नेपालले निर्देशन र संजय लामाले खिचेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार