‘प्रेमगीत ३’ को शिर्षगीतमा ८० जना कलाकार

काठमाडौं,
भाद्र ८ ।

चलचित्र प्रेमगीतको तेस्रो सिक्वेल ‘प्रेमगीत–३’को शिर्ष गीतको रेकर्डिङ भएको छ । ‘प्रेमगीत–३’को शिर्ष गीतको रेकर्डिङ कार्य रेडियो नेपालमा सम्पन्न गरिएको हो ।

सिनेमाको गीतलाई रेडियो नेपालको ठूलो रेकर्डिङ हलमा ८० जना भन्दा बढी बाद्यबाधक, कलाकारहरुको सहभागितामा रेकर्डिङ कार्य सम्पन्न गरिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी गराएका छन् ।

निर्माता सेनका अनुसार रेकर्डिङको सामूहिक आवाजका लागि कलाकारहरु शिव श्रेष्ठ, प्रदीप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक छेतेन गुरुङ र सन्तोष सेनलगायतका कलाकारहरु रेडियो नेपाल पुगेका थिए ।

आकेष्ट्रा साहितको बाद्यबाधकको संलग्नतामा रेकर्डिङ गरिएको गीतलाई प्रताप दास र प्रविशा अधिकारीले स्वर दिएका छन् । राजेश कुमारको शब्दमा गीतलाई एलिश कार्कीले सङ्गीत संयोजन गरेका हुन् ।

दशैं लगत्तै छायाँकनमा जाने ‘प्रेमगीत–३’मा शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खडका,कृष्टिना गुरुङ, सन्तोष सेन, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, माओत्से गुरु, लक्ष्मी बर्देवालगायत कलाकारहरुको भूमिका रहनेछ ।

चलचित्रलाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् । चलचित्रको कथा निर्देशक गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । ‘प्रेमगीत–३’ नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट दर्शकमाझ आउँदैछ ।

यसमा तपाइको मत

अन्य समाचार