मिस चन्द्रगिरि प्रिन्सेस नेपालको ताज सबिनालाई

काठमाडौं,
भाद्र ५ ।

मिस चन्द्रगिरी प्रिन्सेस नेपाल २०१९ को ताज सबिना खत्रीले जितेकी छिन् । चाँदनी इन्टरटेनटमेन्ट एण्ड ट्रेनिङ प्रा.लि.ले आयोजना गरेको यस प्रतिस्पर्धामा २२ जनाको सहभागिता थियो । त्यमसध्ये फाइनल राउण्डमा पुगेका १२ प्रतिस्पर्धीबाट विजेता चयन गरिएको हो ।

प्रतिस्पर्धामा लचना शाक्य फष्ट रनरअप तथा प्रेमा शेर्पा सेकेण्ड रनरअप भइन् । त्यसैगरी, रबिका डंगोल मिस सोसियल एम्बास्डर घोषित भइन् ।

विजेता लाई नगदसहित विभिन्न गिफ्ट ह्याप्पर पनि प्रदान गरिएको थियो । विजेतालाई ३० हजार, फष्ट रनरअपलाई २० र सेकेण्ड रनरअपलाई १० हजार नगद सहित विभिन्न गिफ्ट ह्याप्पर प्रदान गरिएको थियो ।

चन्द्रगिरि नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यतामा म्युजिक सिटी हल बालकुमारीमा सम्पन्न भएको कार्यक्रमको निर्णयकमा मेकअप आर्टिष्ट टेकराज पाण्डे, कोरियोग्राफर बेबीजान तिमिल्सिना, गायक निर्णय श्रेष्ठ र सङ्गीतकार शान्तिराम राई रहेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार