भारतीय विदेश मन्त्री एस जयशंकर काठमाडौंमा

काठमाडौं,
भाद्र ४ ।

भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल आएका छन् । उनी नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक भाग दिन आज काठमाडौं आएका हुन् ।

आजै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । त्यसपछि आयोजना हुने संयुक्त आयोगको बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्वका साथ मन्त्री जयशङ्करले सहअध्यक्षतासमेत गर्नेछन् ।

तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हरप्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

अन्य समाचार